0
पोखरा, १२ असार
अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्काले नेपालमा रहेका ठूला राजनीतिक दललाई सच्चाउन र सच्चा देशभक्त निर्माणका लागि आफ्नो पार्टी स्थापना भएको दावी गर्नुभएको छ । पार्टीद्धारा आयोजित ३ दिने अखण्ड नेतृत्व विकास प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उनले सकारात्मक परिवर्तनले मात्र देशको विकास हुने हुँदा सबै पार्टी इमान्दार भइ लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले दोश्रो संविधानसभा निर्वाचनमा सबै राजनीतिक दलले घोषणापत्रमा जे लेखे तापनि अहिले आएर अखण्ड पार्टीको मागलाई सम्बोधन गरेकोले पार्टी छिट्टै ठूलो दलको हैशियतमा पुग्ने बताउनुभयो ।
प्रशिक्षणमा केन्द्रीय पदाधिकारी, सदस्य, विभागीय प्रमुखसहित २५ जिल्लाका अध्यक्षको सहभागिता थियो । प्रशिक्षणले पार्टीको १० वर्षे रणनीति, नेतृत्व विकास, पार्टीमा भएको चुनौती, समाधान पहिचान र कार्यक्रमका बारेमा डा. मदन राज विष्ट र प्रतीक्षा राणाले सहजीकरण गरेका थिए । पार्टीका केन्द्रीय महासचिव एवं तालिम संयोजक केशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाधयक्ष चतुराखर अधिकारी, कोषाध्यक्ष शंकर केसी, अखण्ड महिला समाजका केन्द्रीय अधयक्ष प्रमिला कुँवर, लुम्बिनी प्रदेश संयोजक उदयबहादुर बस्नेत, केन्द्रीय सदस्य रामेश्वर थापा, आर्थिक विभाग सदस्य ऋषि खवास, प्रशिक्षार्थी शोभा केसी, भरतमणि पौडेललगायतले बोलेका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष कुमार खड्का, केन्द्रीय सदस्य रिवबहादुर थापा, दीपेन्द्र कार्की, डोलबहादुर कार्की, लालबहादुर अधिकारीलाई सहयोगस्वरुप सम्मान गरिएको थियो ।

Post a Comment

 
Top