नेपाली काँगेसका नेता शंकर देवकोटालाई मातृशोक परेको छ । देवकोटाकी ममतामयी माता विष्णुमाया देवकोटाको यहि असार ९ गते १०४ वर्षको उमेरमा निधन भएको थियो । काठमाडौंमा उपचार गरिएपछि पोखरा ल्याएको र त्यसको भोलिपल्ट नै निधन भएको नेता देवकोटाले बताए । यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले देवकोटाको नयाँबजार स्थित निवासमा पुगेर परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । कास्की काँग्रेसका नेता कार्यकर्ताका साथमा पुगेका नेता पौडेलले देवकोटा परिवारले नेपाली काँग्रेसको संगठन र प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान नेपाली काँग्रेस पार्टीले कहिले नर्बिसने बताए । स्व. देवकोटाका दुई छोरा मध्ये जेठा नन्द प्रसाद देवकोटा, कान्छा शंकर देवकोटा र चार छोरी रहेका छन् ।
यसैबीच पोखरा उपमहानगरपालिका वडा नं. २ नेपाली कांग्रेका क्रियाशील सदस्य एवं समाजसेवी रत्नदेवी विजुक्छेको ८२ वर्षमो उमेरमा निधन भएको छ । अविवाहित विजुक्छेले सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक क्षेत्रमा योगदान दिंदै आएकी थिइन । पोखराको अमरसिंह उच्चमावि, विन्ध्यवासिनी उच्चमावि, संगीत प्रशिक्षण केन्द्र, भैरव सांस्कृतिक संरक्षण समिति लगायतका संस्थालाई आर्थिक एवं भौतिक सहयोग गरेकी थिइन । उनको निधन पछि नेपाली कांग्रेसका नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस अवसरमा कास्की कांग्रेसका सभापति एवं सभासद यज्ञबहादुर थापा, केन्द्रीय सदस्य एवं सभासद जीवन परियार, शारदा पौडेल, वृन्दा राना तथा कांग्रेस नेताहरू खेमराज पौडेल, शोभियतबहादुर अधिकारी लगायतको सहभागिता रहेको नेपाली कांग्रेसका वडा इकाइ सभापति सुरेन्द्रमान विजेक्छेले जानकारी दिए ।
Post a Comment