सुजुकी मोटरसाईकल र स्कुटरको प्रचारप्रसार गर्दै प्रोमोटर्स नेपालको टोली पोखरा आईपुगेको छ । बुधबार पोखराका विभिन्न स्थानमा साँगीतिक कार्यक्रम सहित सुजुकी ब्राण्डका टु ह्विलर्सको बारेमा जानकारी गरायो । प्रोमोटर्स नेपालका सिईओ जिपी तिमिल्सिना सहितको टोलीले पोखरामा सुजुकी मोटरसाईकल तथा स्कुटरको बारेमा सर्वसाधारणलाई जानकारी दिनुका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत बाँड्यो । प्रस्तोता मोडल रिजेन थापाको होस्टिङमा पोखराको पृथ्वीनारायण क्याम्पस गेट र सुजुकी शो रुम पोखरा परिसरमा कार्यक्रम भएको थियो । विशेषगरि ‘सुजुकी ः लखपति ठाउँको ठाउँ’ भन्ने नारालाई प्रोमोट गरिरहेको टोलीले सामान्य खालका प्रश्नहरु सोधेर कार्यक्रम स्थलमा आएका सर्वसाधारणलाई ‘ठाउँको ठाउँ’ गिफ्ट ह्याम्पर प्रदान गर्नुका साथै सुजुकी बाईकमा बसेर फोटो खिच्ने व्यवस्था समेत मिलाएको थियो ।
सुजुकी ब्राण्डका मोटरसाईकल र स्कुटरलाई ब्राण्डिङ गर्ने उद्देश्य अनुरुप देशका विभिन्न ३० वटा शहरहरु घुमेर टोली पोखरा फर्किएको हो । काठमाण्डौबाट ३५ दिन अगाडि शुरु भएको प्रोमोशनल टुर पोखरा आएसंगै टुंगिएको पनि प्रोमोटर्स नेपालका सिईओ जिपी तिमिल्सिनाले जानकारी दिए । यो बिचमा करिब ६० हजार जनसंख्याले प्रत्यक्ष सुजुकी मोटरसाईलकको बारेमा जानकारी पाएको उनले दाबी गरे । नेपाली सडक र आयस्रोतअनुसार सुजुकी बाईकहरु निकै सुलभ भएको प्रतिक्रिया सर्वसाधारणहरुले दिएको उनले बताए ।
नेपालमा उदाउँदो रुपमा रहेको व्यापारिक घराना विशाल ग्रुपले जापानिज कम्पनी सुजुकीका टु ह्विलर्सलाई नेपालमा भित्राएको हो । अहिले सुजुकी बाईकका ६ वटा मोडल बजारमा उपलब्ध छन् । बिशाल ग्रुपले पछिल्लो समय एनआईसी एशिया बैंक संचालन गरिरहेको छ भने हर्लिक्स्, जिलेट, स्निकर्स, भोल्सवेगन गाडी जस्ता विदेशी उत्पादनहरुको नेपालमा वितरण गरिरहेको छ । यो समुहले चाँडै नै नेपालमा सबैभन्दा ठूलो मोटरसाईकल सर्भिस सेन्टर स्थापना गर्ने जानकारी दिएको छ ।

Post a Comment