0
सिद्धार्थ टोल विकास संस्था पोखरा–४, रामकृष्णटोलले बिहीबार एक कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रबाट एसएलसी परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । संस्थासंग आवद्ध सदस्यका छोराछोरीहरुलाई खादा, टीका र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा शिक्षासेवी विरेन्द्रकुमार बाटाजूले शिक्षा नै मानव जीवनको ज्योती भएकाले शिक्षा विना मानिस अपाङ्ग र अन्धो जस्तै हुने भन्दै विद्यार्थीहरूलाई महेनतका साथ उच्च माध्यमिक शिक्षा अध्ययन गर्न आग्रह गरे । त्यस अवसरमा बोल्दै सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष गोमा सुवेदीले असल नागरिक बनेर देश र समाजको सेवा गर्न तथा इज्जत र प्रतिष्ठा आर्जन गर्न शिक्षा नै अपरिहार्य रहेको बताइन । कार्यक्रममा संस्थाका सल्लाहकार मंगलप्रसाद माकाजु, भीमबहादुर श्रेष्ठ, मुक्ति पराजुली, ढाकामोहन पराजुली, वसन्त कुमार लिगल, विष्णु श्रेष्ठ, विनोद श्रेष्ठ र भक्तराज श्रेष्ठका साथै संस्थाका पूर्व अध्यक्ष पार्वती माकाजू, उपाध्यक्ष सम्झना माकाजू र सचिव सीमा कोइराला लगायतले एसएलसीमा उत्तीर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरुको उज्जवल भविष्यको कामना गरेका थिए । विकेश जोजिजू, रोमिस गौतम, रविना गुरुङ, सगुन श्रेष्ठ, सुरज शर्मा, अञ्जना माकाजु, स्वरुप केसी, निकिता लिगल, करण लिगल, वविता थापा, सन्देश श्रेष्ठ र अनुपम श्रेष्ठ गरी १२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । वि.सं. २०६० सालमा स्थापित सिद्धार्थ टोल विकास संस्थाले आफ्नो टोल भित्र महिला, बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसैबीच महिलाको हकहित संरक्षण तथा नेतृत्व विकास गराउने उद्देश्यले स्थापित शुभकामना महिला विकास केन्द्रले २०७० को सालको प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।  केन्द्रले हरेक वर्ष विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको केन्द्रका अध्यक्ष तीर्थ श्रेष्ठले जानकारी दिए । यसपटक एसएलसी उत्तीर्ण ८ जना छात्र–छात्रालाई सम्मान गरिएको उनले बताए । केन्द्रका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधिका थापा, कोषाध्यक्ष भवानी माकाजू, पूर्वअध्यक्ष दुर्गादेवी लामिछाने, सम्मानित विद्यार्थीको तर्फबाट अञ्जना श्रेष्ठ, आयुष श्रेष्ठलगायतले बोलेका थिए ।
यसैबीच मेरो नेपाल युवा क्लव पोखरा–१४ ले प्रवेशिका परीक्षा–२०७० मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार सम्मान गर्ने क्लवका सदस्य एवम् कार्यक्रम संयोजक पृथ्वी कुँवरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top