नेपाल प्रेस युनियन कास्कीले एक विज्ञप्ति जारी गरी युनियनका सदस्य यज्ञराज पौडेललाई समाधान दैनिकले कामबाट निश्कासन गरेको भन्दै विरोध गरेको छ । एघार महिनासम्म समाधान दैनिकमा रात्रिकालिन सिफ्टमा समाचार लेखन र सम्पादनको काम गर्दै आएका पौडेललाइृ कुनै स्पष्टिकरण समेत नसोधी एकाएक अव काम नगर्न भनि ठाडो निर्देशन दिएको भन्दै युनियनका अध्यक्ष शिरोमणि बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘लामो समयदेखि श्रमजीवि पत्रकारको रुपमा रातिको समयमा काम गर्दै आएका पौडेललाई सामान्य स्पष्टीकरणको समेत मौका नदिई एकाएक निष्काशन गरिनु रहस्यमय हो भन्ने युनियनको वुझाई छ ।’ श्रमजीवि पत्रकारको हकहितको रक्षाको लागि आवाज उठाउँदै आएको नेपाल प्रेस युनियन र पत्रकारको छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघ सहितका अन्य संस्थाहरु समेत यो विषयमा गम्भीर बन्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा पत्रकार महासंघ कास्की शाखाका जिम्वेवार व्यक्तित्वहरु संम्लग्न रहेको संस्थामा श्रमजीवि पत्रकारहरुको हकहितका लागि अनुकुल वातवरण तयार हुने र अन्यायमा परेका पत्रकार पौडेललाई तत्काल पुनर्वहाली गर्न समेत युनियनले माग गरेको छ । यसैगरी क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यबाहक अध्यक्ष माधव पनेरुले पनि एक विज्ञप्ति जारी गरी पत्रकार पौडेललाई बिना कारण निलम्बन गरिएको घटनालाई संगठनले गम्भीर रुपमा लिएको जनाएको छ ‘पत्रकार यज्ञराज पौडेलको निलम्बनले सम्पूर्ण श्रमजीविहरुको मर्म र भावना विपरीत मात्र नभई श्रमजिवि पत्रकार ऐन को खिल्ली उडाईएको छ ।’–विज्ञप्तिमा भनिएको छ । पत्रकारको पक्षमा वकालत गर्ने नारा दिएर जिम्मेवार निकायमा पुगेका ब्यक्तिहरुको संस्थामा नै एक जना श्रमजीवि निलम्वनमा पर्नुे घोर आपत्ति जनक बिषय बनेको विज्ञप्तिमा उल्लेख गर्दै संगठनमा परेको उजुरीको आधारमा उक्त निलम्वन बिना शर्त फुकुवा गर्न र सौहार्दपुर्ण बातावरणमा काम गर्ने अबसर प्रदान गर्न हामी जोडदार ढंगले सम्बन्धित संस्थासंग माग गरेको छ ।
पौडेललाई निष्काशन गरिएको भन्दै विरोध

Post a Comment