अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय ट्वेन्टी–२० क्रिकेट टिमको मान्यता दिएको छ । अस्टे«लियाको मेलवर्नमा काउन्सिलका अध्यक्ष नारायणस्वामी श्रीनिवासन्को अध्यक्षतामा शनिबार बसेको बैठकले नेपालसहित नेदरल्याण्डलाई अन्तराष्ट्रिय ट्वेन्टी–२० क्रिकेटको मान्यता दिएको काउन्सिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र नेदरल्याण्ड दुवै गत चैतमा बङ्गलादेशमा भएको ट्वेन्टी–२० क्रिकेट विश्वकपमा सहभागी टोली हुन् । टेस्ट खेल्ने शीर्ष दश राष्ट्रबाहेकका अफगानिस्तान, हङ्कङ, आइरल्याण्ड, स्कटल्याण्ड, पपुआ न्यूगीनी, संयुक्त अरब इएमिरेट्स (दुवई)ले, पनि यस अघि नै अन्तर्राष्टिूय ट्वेन्टी–२० क्रिकेटको मान्यता पाइसकेका छन् ।

Post a Comment