नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीले शिक्षक सेवा आयोेगको प्राथमिक तहको अन्तिम नतिजामा उत्तीर्ण शिक्षक–शिक्षिकालाई बधाइ ज्ञापन तथा सम्मान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सङ्गठनकी जिल्ला उपाध्यक्ष शान्तिदेवी रेग्मीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा, एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाले शैक्षिक संस्थाको वर्तमान अवस्था केलाउँदै संस्थागत विद्यालयको शिक्षण पद्धतिलाई सामुदायिक विद्यालयमा पनि प्रयोग गर्न सके सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गराउन सकिने विचार व्यक्त गर्दै नयाँ शिक्षकहरुलाई यसतर्फ मार्ग निर्देश गरेका थिए । सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि दीपक पौडेलले उत्तीर्ण शिक्षकहरु लाई बधाइ व्यक्त गर्दै सङ्गठनमा आबद्ध शिक्षकहरु विगतमा नमुना बनेका र भविष्यमा पनि अनुकरणीय बन्नुपर्नेमा जोड दिए । साथमा विज्ञान तथा प्रविधिमा सन्तुलित बन्दै शिक्षणमा अगाडि बढ्नपर्ने विचार व्यक्त गरेका थिए । नेपाल शिक्षक युनियन, कास्कीका अध्यक्ष तथा कार्यक्रमका अतिथि जगन्नाथ अधिकारीले आफ्नो शिक्षण अनुभव बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । एसएलसी परीक्षाको घट्दो नतिजालाई सुधार गर्ने काममा नयाँ शिक्षकहरुको विशेष भूमिका हुनुपर्ने कुरा व्यक्त गरे । विज्ञानका आविस्कारलाई समुचित मात्रामा प्रयोग गर्दै शिक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा अधिकारीले विशेष जोड दिए । सङ्गठनका जिल्ला उपाध्यक्ष रोमहर्षण पौडेलले उत्तीर्ण शिक्षकहरुलाई बधाइ एवम् शुभकामना व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनमा सहयोग पु¥याउने सम्पूणलाई धन्यबाद ज्ञापन गरेका थिए । उत्तीर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्दै सफल उम्मेदवार गौरीसरा गुरुङले सङ्गठनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सङ्गठनको भविष्यलाई झन् बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । कुल ८८ जना उत्तीर्ण शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमलाई रोचक बनाउन उत्तीर्ण शिक्षक खिमलाल बाँस्तोलाले शैक्षिक परिवेश झल्कने खालको लोकगीत प्रस्तुत गरेका थिए । सङ्गठनका जिल्ला कोषाध्यक्ष बोधराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमको जानकारी शिक्षक रेशमप्रसाद ढकालले दिए ।

Post a Comment