पोखरा २७ जेठ ।(गोल्डेन)
नेपालको अन्तरिम संविधान अनुसार कुनै पनि नेपालीलले १८ वर्ष पुरा भएपछि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । मतदाताले आफूले मन पराएको व्यक्तिलाई मत व्यक्त गर्न पाउनु उसको अधिकार पनि हो । तर १८ वर्ष नपुग्दै मंगलवार कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले निर्वाचन आयोगले सञ्चालन गर्ने चुनाव जस्तै लाग्ने गरि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । कुरा हो पोखरा उपमहानगरपालिका वडा नं १५ स्थित कोलपाटनमा रहेको रेन्बो एकेडेमी होम्स उच्च माविको । वि.स. २०५६ सालमा विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले गर्ने जस्तै गरि विधि पु¥याएर मतदानको व्यवस्था मिलाइएको थियो । मतदान अधिकृत, पर्यवेक्षक, कर्मचारी, मतपत्र, मत हाल्नको लागि चाहिने स्वस्तिक छाप, आफूले मन पराएको व्यक्तिलाई गोप्य रुपमा मत हाल्ने व्यवस्था, मत पेटिका, मतदाताहरु महिला र पुरुष जस्तै छुट्टा छुट्टै लाईन आदि । मत परिणाम पनि समय समयमा विद्यार्थीहरुलाई जानकारी गराउने व्यवस्था । यि सबैलाई नियाल्दा लाग्थ्यो संविधान सभाको निर्वाचन जस्तै । विद्यार्थीहरुलाई अघिल्लै दिननै मतपत्रमा मत हाल्ने तरिकाबारे प्रशिक्षण दिइएको शिक्षक नायक रुद्रप्रसाद पौडेलले जानकारी दिए । कुल ४ सय २५ जना मतदाताले आफ्नो मत प्रयोग गरि नयाँ नेतृत्व चयन गरे । कक्षा १० क मा अध्ययनरत छात्रा पविना थापाले सुनेको कुरा व्यवहारमै गर्दा धेरै कुरा थाहा पाएको प्रतिक्रिया दिए । कक्षा ७ का सुदीप आचायले सामाजिक कार्यमा लाग्ने उदेश्यका साथ अध्यक्ष पदमा उम्मेदवार दिएको बताए । प्रजातान्त्रिक प्रक्रियाबारे विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्नको लागि मतदानको प्रक्रिया रोजिएको प्रधानाध्यापक बाबुराम बरालले बताए । विद्यार्थीहरुलाई मतदानमै सहभागि गराएर प्रक्रियाकोबारेमा ज्ञान दिलाउदा राष्ट्रियस्तरमा हुने चुनावमा कम मात्रामा मत बदर हुने विद्यालयले दाबी गरेको छ ।
Post a Comment