0

असार महिनाको दोस्रो हप्ता सुरु भइसक्दा पनि कास्कीमा ३० प्रतिशतमात्र रोपाइँ सकिएको छ । मानो रोपेर मुरी उब्जाउने समयमा राम्रोसँग वर्षा हुन नसकेर खडेरी परेपछि कृषक चिन्तित देखिएका छन् । नहरबाट सिँचाइ लाग्ने बिरुवा, कुँडहर, लेखनाथ, पामे, ठूलाखेत, अर्मला, भलाम, शिशुवा, आर्वा, हेम्जा, पस्र्याङ, भरतपोखरी र सार्दीखोलाका फाँटहरूमा मात्रै रोपाइँ भएको छ । बाँकी सिँचाइ नलाग्ने र आकाशे पानीको भर पर्नुपर्ने खेतमा भने रोपाइँ हुन सकेको छैन । लामो खडेरी परेको र थोरै वर्षा भएका कारण ग्रामीण भेगमा मूल उठ्न नसक्दा कृषकले रोपाइँ गर्न नसकेको कृषकहरू बताउँछन् । खडेरीले ब्याडमा राखेको बीउ समेत सुक्न थालेको छ ।गत वर्ष धान उत्पादनमा तीन प्रतिशतले वृद्धि भए पनि यस वर्ष भने लामो खडेरीका कारण उत्पादन घट्न सक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले बताए । जिल्लामा यस वर्ष २६ .५० हेक्टर क्षेत्रफलमा धान रोपिने लक्ष्य राखिएको छ । जिल्लाका धेरैजसो ठाउँमा चैते र बर्खे धान लगाइने गरिएको छ । कृषकले जेठो बुढो, गुर्दी, मन्सरा, पहेले, मन्सुली, खुमल, माछापुच्छ«े र राधा ७ र ९ जातको धान लगाउने गरेको पाइन्छ । जिल्लाका सबै गाविस र नगरपालिकामा धानखेती गरिने कार्यालयले जनाएको छ ।


Post a Comment

 
Top