लागूऔषध सबैको साझा समस्य रहेको भन्दै यस बिरुद्ध समाज एक भएर लाग्नु पर्ने गेटवे फाउडेशन नेपालका सिनियर काउन्सेलर हिक्मतजंग कार्कीले बताएका छन् । २७औं अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवसको अवसर पारेर गेटवे फाउण्डेसन नेपालको आयोजनामा वुधबार लेखनाथ–५ भवानीचोकमा आयोजित लागुऔषध सम्बन्धी सचेतना कार्यक्रममा काउन्सेलर कार्कीले सो कुरा व्याक्त गरेका हुन् ।
कार्कीले भने,‘ लागुऔषधको समस्या व्यक्तिगत समस्य होइन यसले समाज र राष्ट्रलाई नै ठूलो असर पु¥याउँछ । ’ विशेष गरी १५ बर्षदेखि ३० बर्षसम्मका युवायुवती लागुऔषध दुव्र्यसनीमा फस्ने गरेको कार्कीले बताए । उनले भने,‘ विशेष गरी किशोरकिशोरीहरु साथी संगतले गर्दा पनि छिटो लागुऔधष दुव्र्यसनीमा फस्ने गरेका छन् । त्यही भएर अविभावकहरुले आफ्ना सन्तानहरुको क्रियाकलापमा ध्यान दिनुपर्छ ।’
नेपालमा लागूऔषधको दुरुपयोग सन १९९० सालबाट सुरु भएको बताए । कार्कीले कास्कीमा लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि भएको जानकारी दिए । तथ्याङ्क विभागका अनुसार २०६९ सालमा कास्कीमा ६ हजार ९ सय १७ जना रहेका छन् भने यो २०६४ सालको तथ्याङ्क भन्दा १ हजार ८ सय ५ ले बढी रहेको उनले बताए । ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा लागुऔषध प्रयोग कर्ताको संख्या धेरै रहेको उनले बताए । उनले भने,‘ पुर्नस्थापना केन्द्रमा धेरै जसो सहरका लागुऔषध प्रयोग कर्ता छन् । ’ लागु औषध प्रयोगकर्तालाई पुर्नस्थापन पछि पनि दीर्घकालीन रुपमा नशारहित बनाउन समाजको महत्वपूर्ण भुमिका रहेको उनले बताए । सहरी क्षेत्रमा प्रहरीले लागुऔषध सम्बन्धी चेकजाच कडा पारेपछि लागु औषध प्रयोग कर्ताहरु ग्रामिण क्षेत्रमा जाने गरेको भन्दै गाउँमा पनि यस विरुद्ध अभियान चलाउन आवश्यक रहेको बताए । उनले भने,‘लागुऔषध प्रयोग कर्ताहरुले आफ्नो र अरुको बारेमा सोच्दैन् । उनीहरुलाई परामर्शको आवश्यक हुन्छ ।’ गेटवे फाउडेशन नेपालका (पिआरसी) कर्मचारीको संयोजनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ सस्थाका व्यक्तिहरुको सहभागिता हरेको थियो । साथै विहीबार २७ औं अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवसको अवसर पारेर पोखराका विभिन्न ठाउँबाट ¥याली निकालिने भएको छ । ‘आशाको एक सन्देश लागू औषध दव्र्यसनको रोकथाम र उपचार सम्भव छ’ भन्ने नारासहित दिवस मनाइने भएको छ ।
यसैगरी लेकसाइड, पोखरा ६ स्थित साइनिङ्ग स्टार आमाविको संयोजन तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजनामा २७ औं अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवस एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य चेतनारायण पाण्डेले सहजीकरण तथा प्रहरी निरीक्षक मदन कुँवरले प्रशिक्षण प्रदान गरेकोे उक्त कार्यक्रममा विद्यालयका शिक्षक तिलक काप्mलेले संचालन गरेका थिए । सेवा केन्द्रकी अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ नारायण प्रसाद पाण्डे, संस्थाका कोषाध्यक्ष हेमप्रसाद तिमिल्स्निा, संस्थापक अध्यक्ष मंगल नेपाली लगायतले बालेका थिए । कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Post a Comment