0

पोखरा २७ जेठ ।(गोल्डेन)
पोखरा ग्रैहापाटन स्थित कुमुदिनी होम्स् उमाविले विश्व वातावरण दिवसको अवसरमा  विद्यालय भित्र र बाहिर विविध  जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
विद्यार्थीहरु कितावी ज्ञानमा मात्र सीमित नरही समाजका हरेक गतिविधि सँग घुलमिल हँुदैं जानुपर्छ भन्ने मान्यताका साथ विद्यालयले ‘हिमाल जोगाऔं, वातावरण बचाऔं’ भन्ने यस वर्षको विश्व वातावरण दिवसको मुख्य नारालाई जनस्तरसम्म पु¥याउने उद्देश्यले वातावरण संरक्षण सम्बन्धित जनचेतनामुलक नारा लेखिएका विभिन्न प्लेकार्ड सहित विद्यार्थीहरुले ¥याली निकालेका थिए  । विद्यालय परिसर ग्रैहापाटनबाट सुरु भएको  ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, पलिखेचोक हुदैं विद्यालयमा आएर टुगिंएको थियो । ¥यालीमा कक्षा ८, ९, र १० का विद्यार्थीहरु तथा शिक्षक( शिक्षिकाहरुको सहभागिता रहेको थियो । ¥याली सुरु हुनुभन्दा अघि विद्यालयको प्रार्थनासभामा विद्यालयका प्रमुख व्यवस्थापक अशोक पालिखे एवं विद्यालयका स्वास्थ्य जनसंख्या तथा वातावरण विषयक विभागीय प्रमुखले रमेश थापाले मनिसकै कारणले जलवायु परिर्वतन तथा हिमालको हिँउ पग्लिने जस्ता गम्भिर समस्याहरु सिर्जना भएकाले वातावरणको संरक्षणमा सवैले आ–आफ्नो ठाउँबाट उत्तिकै जिम्मेवार भई वातावरण मैत्री व्यवहार तथा कम्तिमा आ–आफ्नो तहबाट फोहोरमैला व्यवस्थापनमा योगदान दिनसके धेरै हदसम्म वातावरण संरक्षण हुन सक्ने धारणा राखेका थिए ।  त्यसैगरि विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयकै सभाहलमा वातावरण संरक्षण सम्बन्धित दुई घण्टे जनचेतना मूलक प्रशिक्षण दिइएको थियो । स्वास्थ्य जनसंख्या तथा वातावरण विषयका विभागीय प्रमुख रमेश थापाले विभिन्न वातावरण संरक्षण तथा उत्प्रेरणामुलुक श्रव्य–दृश्य सामग्रीका साथ संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका अंग्रेजी विभागीय प्रमुख तथा प्लस टु संयोजक मुकेशकुमार अधिकारीले समेत वातावरण संरक्षण बारे आफ्ना धारणाहरु व्यक्त गरेको कुरा विद्यालयका नेपाली विभागीय प्रमुख राजेश सापकोटाले जानकारी दिए ।

Post a Comment

 
Top