0

गोल्डेन न्यूज सम्वादादता
पोखरा, १३ जेठ ।
क्रिकेट खेलका राष्ट्रिय खेलाडी तथा मोडल ग्लोवल भिजाज कन्सल्टेन्सीका ब्राण्ड एम्वेसडर पारस खड्काले मंगलबार पोखरेली युवासमक्ष आफ्नो खेलको अनुभव साटसाट गरेका छन । पोखराको पृथ्बीचोकमा रहेको पोखरा मल स्थित मोडल ग्लोवल भिजाज कन्सल्टेन्सीको आयोजनामा युवाहरुको सपना र चुतौनी विषयक एक दिने प्रशिक्षणमा खड्काले ७० जना युवाहरुलाई आफ्नो अनुभवन साटसाट गरी परामर्श दिएको ब्रान्च म्यानेजर रविन्जन थापाले बताए । राष्ट्रिय खेलाडी पारसले खड्काले क्रिकेट खेलाडीहरुलाई तथा क्रिकेटको खेलमा मोडल ग्लोवल भिजाज कन्सल्टेन्सीले सहयोग गरेकोले आफु ब्राण्ड एम्वेसडर नभए पनि सहयोग गर्ने वचन दिएका छन । उक्त प्रशिक्षण कार्यक्रममा बिद्यार्थी तथा युवा बर्गको सहभागिता रहेको थापाले बताए । कन्सल्टेन्सीका सिनियर काउन्सील रुपक दाहाल, प्रवन्ध निर्देशक मनोज पाण्डे लगायतले विदेश पढ्न जाने युवा विद्यार्थीहरुलाई आफ्नो योग्यता, क्षमता र प्लसटुमा उतीर्ण गरेका विषयका आधारमा विदेशमा पठन पाठन गर्ने सम्बन्धि परामर्श समेत गराईएकोे थापाले बताए ।

Post a Comment

 
Top