0
पोखरा १६ जेठ ।(गोल्डेन)
कास्की जिल्लाको माछापुच्छे« गाविस वडा नं ४ स्थित सेती नदीमा शुक्रबार बालुवाको ढिस्कोले ग. १ त. १४८० नम्बरको जिप पुरिएर चालकको घटनास्थलमै मृत्यु भएको छ । सेती नदीबाट बालुवा भरेर पोखरा उपमहानगरपालिका तर्फ फर्कन लाग्दा अकस्मात बालुवाको ढिस्को खसेर जिपलाई पुरेको थियो । ढिस्कोमा पुरिएर जिप चालक पोखरा उपमहानगरपालिका वडा नं १६ बाटुलेचौर बस्ने अन्दाजी ३५ वर्षका एकराज नेपालीको मृत्यु भएको स्थानीय माछापुच्छे« उच्च माविका प्राचार्य सन्तोष आचार्यले जानकारी दिए ।

Post a Comment

 
Top