0


गोल्डेन न्यूज संवाददाता
पोखरा ७ जेठ ।
पोखराको न्यूरोड क्षेत्रमा केहीदिन यता पिउने पानीको अभावका कारण न्यूरोडवासी चिन्तित बनेका छन् । न्यूरोडका व्यवसायी किशोर ओझाले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै १५ दिनसम्ममा पनि धारामा पानी नआएको भन्दै खानेपानी संस्थानको लापर्वाहीप्रति आपत्ति प्रकट गरे । धारामा पानी नआएपछि टयाङ्ककरमा पानी किनेर समस्या टार्दै आएको भन्दै उनले खानेपानी संस्थानका कर्मचारीसंग कुरा गर्दा पाँच दिनमा साढे दुई घण्टा धारामा पानी आपूर्ति हुने गरेको बताएपनि दुइसाता बित्दा पनि पानी नआएको गुनासो गरे ।
‘संस्थानले कि त पानी दिन सकिंदैन भन्नुप¥यो, कि त समयमै आवश्यकता अनुसार पानी आपूर्ति गर्नुप¥यो । अन्यथा नगरवासीहरुबाट पानीको महशुल संकलन गर्ने कार्यपनि रोक्नुपर्छ ्’ उनले भने । न्यूरोड क्षेत्रमा बैंक तथा विभन्नि वित्तिय संस्थाहरु रहेकोले तिनै संस्थाले पानी किनेर घरधनीले समेत प्रयोग गर्न पाउने भएकोले स्थानीय न्यूरोडवासीको आवाज चर्को उठ्न नसकेको उनले बताए ।

Post a Comment

 
Top