पोखरा–१२ रानीपौवा स्थित आदर्श समाज सामाजिक संस्थाले गणतन्त्र दिवस २०७१ को अवसर पारेर संस्थाको स्मारिका विमोचन गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पोखराका प्रतिष्ठित व्यवसायी एवं समाजसेवी गणेशबहादुर श्रेष्ठले उक्त स्मारिका विमोचन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले आफू धेरै संस्थामा रहेर सामाजिक सेवा गर्दै आएको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले धर्म र समाजसेवा मार्फत आम नागरिकको हितमा आफू समर्पित रहेको स्पष्ट पारे । त्यस अवसरमा रक्तदान गरेका ३० जनालाई प्रमुख अतिथि श्रेष्ठ र विशेष अतिथि प्राज्ञ हरिदेवी कोइरालाले प्रशंसापत्र प्रदान गरेका थिए । त्यस अवसरमा बोल्दै प्राज्ञ कोइरालाले सामाजिक संस्था धेरै भएपनि रचनात्मक काम हुन नसकेको अवस्थामा त्यस संस्थाले गरेका कामको सराहाना गरिन । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण बाँस्तोला, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, संस्थाका सल्लाहकार प्रा.डा. वेदनाथ शर्मा, फूलवारी क्लवका अध्यक्ष मुकुन्द बाँस्तोला ज्वाला लगायतले आदर्श समाज संस्थाले स्थानीय स्तरमा गरेका काम प्रशंसनीय रहेको बताएका छन् । संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्मारिका प्रकाशन समितिका संयोजक टीकाराम बाँस्तोला, संस्थाका सल्लाहकार शम्भुराज बाँस्तोला, पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेल, उपाध्यक्ष चन्द्रप्रकाश कोइराला, शिक्षा महाविद्यालय पोखराका प्रमुख चन्द्रकान्त रेग्मी, लोकगायक पदमराज ढकाल, स्थानीय समाजसेवी विजयालक्ष्मी कोइराला र कार्यसमिति सदस्य रीता कोइराला लगायतले संस्थाका गतिविधिका बारेमा चर्चा गरेका थिए । संस्थाको २४औं स्थापना दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको बताइन्छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» आम नागरिकको हितमा म समर्पित रहन्छु–श्रेष्ठ
Subscribe to:
Post Comments (Atom)
Post a Comment