0

गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
नेपाली जन–सम्पर्क समितिहरुको यूरोपेली क्षेत्रीय भेला नेदरल्यान्डस्को राजधानी आमस्टर्डाममा सम्पन्न भएको छ । नेपाली जन–सम्पर्क समिति नेदरल्यान्डस्को पाँचौ वाषिर्क साधारणसभाको अवसर पारेर गरिएको भेलामा यूरोपका विभिन्न क्षेत्रमा बसोबास गर्ने जनसम्पर्क समितिहरुका प्रतिनिधि तथा कार्यकर्ताहरुका अतिरिक्त नेपालबाट विशेष सम्बोधनका लागि आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. ः प्रकाश शरण महत एवम् विशष्ो उपस्थितिको रुपमा नेपाल ट्रेड युनियन कांग्रसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर तथा महासचिव महेन्द्र यादव र जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ आदिको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. महतले बिगतमा माओवादीहरुले गरेको गल्तिको विस्तारै महसुश गर्दै गएकोले संविधान बन्नेमा आशा जागेको बताए । क्षेत्रीय स्तरमा जनसम्पर्क समितिहरुको महत्व र आबस्यकता अझै बढ्दै गएको भन्दै महतले आभ्यास बाटै सबैकुरा बिधानमा समेटिने हुनाले जनसम्पर्क समिति युरोप लाइ सबै मिलेर सर्बसम्मत निणय र ब्यवस्थित तरिकाले केन्द्र लागेमा केन्द्रले विधानमा समेट्ने बताए । विशेष अतिथि रामजी कुँवरले नेपाली जनसम्पर्क समिति हरुबीच आगामी दिनमा अझै एकता र सहकार्य को आबस्यकता रहेको जनाउँदै जनसम्पर्क समितिलाई सबै प्रवासी नेपाली हरुको साझा संस्था बनाउन आग्रह गरे । कार्यक्रममा ट्रेड यूनियनका महासचिब महेन्द्र यादब,  जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ, एजेन्डा निर्माण तथा रणनीति निर्माण समितिका संयोजक शशि पौडेल, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष नारायण आचार्य,नेपाल विकास एकेडेमीका प्रमुख तथा एनआरएनका केन्द्रीय सल्लाहकार शशि पौडेल, जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार हरि पौडेल, नेविसंघ केन्द्रीय सदस्य सरोज केसी, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन स्पेनका अध्यक्ष एकराज गिरि, एनआरएन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ, जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष दिपकराज रिजाल, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवाष जोशी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।  कार्यक्रमको दोस्रो सत्रमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको आथिर्क प्रतिवेदन कोषाध्यक्ष युवराज पन्थीले र सांगठनिक प्रतिबेदन महामन्त्री उत्तम कंडेलले प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top