0




गोल्डेन न्यूज सम्वादादता 

 पोखरा, १३ जेठ ।  आगामी असार ४ र ५ गते पोखरामा हुने नेपाल प्रेस युनियनको आठौ राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ ।  सुचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालको  उपस्थितीमा पोखरामा सम्पन्न नेपाल पे्रस युनियनका केन्द्रिय समितिका पदाधिकारी र सदस्यहरु तथा कास्की शाखाका पदाधिकारी र सदस्यहरुको उपस्थितीमा सम्पन्न विशेष बैठक पछि महाधिवेशनको तयारीले गति लिएको हो । महाधिवेशन सम्पन्न गर्न नेपाल प्रेस युनियनले वरिष्ठ उपाध्यक्ष गंगाधर पराजुली संयोजक रहेको महाधिवेशन  मुल व्यवस्थापन समिति र अन्य विभिन्न तयारी समितिहरु गठन गरिएको छ ।  महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने स्रोत साधनको प्रबन्ध गर्न युनियनका कास्की शाखा, केन्द्रिय समिति एवं नेपाली काँग्रेस लगायत पार्टीका भातृ संस्था एवं सुभेच्छुक संस्थाहरुले सहयोग गर्नू पर्ने कुरामा बैठकमा जोड दिइएको थियो । पार्टीका प्रचार विभाग प्रमुख डा. रिजाल ले महाधिवेशन सम्पन्न गर्नको लागि आवश्यक तयारी अगाडि बढाउन बैठकमा निर्देशन दिएपछि सोहि अनुरुप विभिन्न समितिहरु गठन गरिएको हो । वैठकमा युनियनका कार्यवाहक अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष गंगाधर पराजुली, महासचिव शिव लम्साल, उप–महासचिव बाला अधिकारी, कोषाध्यक्ष ईश्वरी ओझा, क्ष्ँेत्रीय संयोजक रमेश पौडेल, केन्द्रिय सदस्यहरु विमल ज्ञवाली र शिव देवकोटा लगायतका केन्द्रिय समितिका र कास्की शाखाका अध्यक्ष शिरोमणी बराल सहित विभिन्न पदाधिकारी र सदस्यहरु सहभागि थिए । बैठकले गठन गरेको मुल व्यवस्थापन समितिमा सह–संयोजक पौडललाई र सदस्य सचिवमा कास्की शाखाका अध्यक्ष बराललाई राखेको छ । मुल व्वस्थापन समितिमा विभिन्न उपसमतिका संयोजकहरु कास्कीका छिमेकी जिल्ला पर्वत, स्याङ्जा, तनहुँ र लम्जुङ्गका युनियनका अध्यक्ष, निवर्तमान अध्यक्ष, युनियनको तर्फबाट नेपाल पत्रकार महासंघमा अध्यक्षमा विजयी एवं उम्मेदवारहरु र यस क्ष्ँेत्रमा रहेका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई राखिएको छ ।   महाधिवेशन सम्पन्न गर्न गठित आर्थिक उपसमितिको संयोजकमा रविन्द्र वास्तोला, अनुगमन उपसमिति संयोजकमा हेमराज बराल, स्वयम्सेवक व्यवस्थापन उपसमिति संयोजकमा राजबहादुर गुरुङ, प्रचार प्रसार उपसमिति संयोजकमा नविन सिग्देल, आवास व्यवस्थापन उपसमिति संयोजकमा टंक अधिकारी, भोजन व्यवस्थापन उपसमिति संयोजकमा माधव रेग्मी, स्वास्थ उपचार उपसमिति संयोजकमा डिआर पोख्रेल लाई राखिएको छ  । भने सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा यदुनाथ बञ्जरा, तुल व्यानर व्यवस्थापन उपसमिति संयोजकमा नवराज त्रिपाठी, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा  गिता विष्ट, अतिथि सत्कार उपसमिति संयोजकमा विमला भण्डारी लाई राखिएको छ । उपसमितिमा सदस्यको संख्या परिपूर्ति गर्दै आवश्यकता अनुसार उपसमिति पनि थपिदै लगिने सचिवालय व्यवस्थापन उपसमितिका संयोजक प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । नेपाल प्रेस युनियन कास्कीका शाखाको आथित्यतामा आठौ महाधिवेशन असार ४ र ५ गते पोखरामा हुदैछ । यसअघि केन्द्रिय कमिटिले आसर १ र २ गते महाधिवेशन गर्ने निर्णय गरेता पनि कास्की शाखाले गरेको आग्रह बमोजिम महाधिवेशनको मिति सारिएको हो । बैठकमा नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष वद्री सिग्देलले महाधिवेशन नजिकीदै गएकोले सबैको सक्रियता आवश्यक रहेको बताए । नेपाल प्रेस युनियनका उपाध्यक्ष गंगाधर पराजुलीले महाधिवेशन सम्पन्न गर्नका लागि व्यवस्थापन समिति युद्ध स्तरमा खटिने बताए । महाधिवेशन सम्पन्न गर्नका लागि समय अत्यन्तै कम छ तैपनि कास्कीका युनियनका साथीहरुले यसलाई अवसर सम्झेर चुनौतिको सामना गर्ने छन् पराजुलीको भनाई थियो ।      नेपाल प्रेस युनियनका महासचिव शिव लम्सालले छोटो समयमा महाधिवेशन सम्पन्न गर्नु परेकोले सवैको ध्यान महाधिवेशनमा नै जानु पर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति विष्णु बास्तोला, सचिव कृष्ण के.सी. लगायत विभिन्न प्रतिनिधिहरुले महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग गर्ने कुरामा जोड दिएका थिए ।

Post a Comment

 
Top