0

गोल्डेन न्यूज सम्वादादता
पोखरा, १३ जेठ ।
कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर राउतले शान्ति सुरक्षा विना लगानीको वातारण सृजना नहुने बताएका छन् । कास्कीमा  शरुवा भई आएका प्रजिअको स्वागत तथा सम्मानका लागि लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार राखेको कार्यक्रममा बोल्दै राउतले व्यवसायीहरु देशको अर्थतन्त्रका चालक भएकाले निजी क्षेत्रको भुमिका उल्लेख्य रहेको बताए ।
पोखरामा बन्न लागेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सवै क्षेत्रको सहयोगको अपेक्षा गर्दै राज्यको नियम विपरित कोेहि कसैले बाधा अड्चन ल्याएमा त्यसको डटेर सामना गर्न आफु तयार रहेको र विमानस्थल निर्माणको कामलाई विषेश गरि निजी क्षेत्र र पर्यटन व्यवसायीहरुले सहयोग गर्नुपर्ने कुरामा उनले जोड दिए ।  साथै उनले देश विकासको ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको हुदाँ व्यवसायीक सुरक्षाका सवालमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उनले जाहेर गरेका थिए ।संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको  सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्र्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष चतुराखर अधिकारी, वरिष्ठ सल्लाहकार गणेशवहादुर श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण गगनगौडा शाखाका प्रमुख विरेन्द्र सिंङ लगायतले शान्ति सुरक्षा र विकासलाई सँगसँगै अगाडि बढाउनका लागि आग्रह गरेका थिए ।नगर क्षेत्र भित्र रहेका विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग व्यवसायी र सामाजिक संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन संघका महासचिव बलराम ढकालले गरेका थिए भने धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए ।

Post a Comment

 
Top