0

गोल्डेन न्यूज सम्वाददाता
पोखरा, १३ जेठ ।
शान्ति प्रवद्र्धनका लागि विगत दुई वर्षदेखि सञ्चालित रेडियो अभियान परियोजनाले रेडियो पत्रकारका लागि कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
रेडियो नेपालले शान्तिकोष सचिवालयको सहकार्यमा मुलुकमा शान्ति प्रवद्र्धनका लागि रेडियो अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अभियानअन्तर्गत शान्ति बहस, शान्ति संवाद, शान्ति नाटक र स्थलगत शान्ति रेडियो रिपोर्टजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।दश वर्षको सशस्त्र द्वन्द्वपछि देशमा पुनःस्थापित हुँदै गएको शान्ति कार्यमा र विगतको द्वन्द्वमा परेका, द्वन्द्वबाट प्रभावित, विस्थापित भएका तथा द्वन्द्वको भयबाट प्रभावित र द्वन्द्वसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध राख्ने तथा द्वन्द्व व्यवस्थापनसँगै रोजगारीको खोजीमा रहेका, आपसी समझदारी हुन नसकिरहेका लगायत द्वन्द्व प्रभावित सबै सरोकारवाला र आम नेपालीलाई शान्तिमय वातावरण दिई दिगो शान्तिको स्थापनामा सहयोग पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।पहिलोपटक सन् २०११ मा शान्ति कोष सचिवालय र रेडियो नेपालबीच सम्झौता भई उक्त कार्यक्रम आरम्भ भएको र त्यसैको निरन्तरता स्वरूप हाल सञ्चालित दोस्रो चरणको कार्यक्रम सन् २०१५ को जुलाई महिनासम्म कायम रहने छ ।सम्झौताअनुरूप शान्ति कोष सचिवालयले रेडियो नेपाललाई आर्थिक सहयोग गरेको छ ।
गोष्ठीमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले दश वर्षे द्वन्द्वबाट कोही पनि अछुतो रहन नसकेको बताउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएर अब फेरि यस्ता द्वन्द्व मुलुकमा दोहोरिन नदिन सबै चनाखो हुनुपर्नेमा जोड दिए । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकसम्बन्धी छानबिन आयोगले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने विश्वास शान्ति कोष सचिवालयका निर्देशक तथा सहसचिव साधुराम सापकोटाको व्यक्त गरे । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले नागरिकमाझ सही सूचना सम्प्रेषित गरी नागरिकको सुसूचित रहने मौलिक अधिकारको रेडियो नेपालले सम्मान गर्दै आएको विचार व्यक्त भयो ।शान्ति प्रवद्र्धनका लागि रेडियो अभियान कार्यक्रममार्पmत पीडित र पीडकसम्म पुगेको दाबी रेडियो नेपालका नायब कार्यकारी निर्देशक धनेन्द्र विमलको छ ।
कार्यशालामा मध्यमाञ्चल र पश्चिमाञ्चलमा कार्यरत रेडियो नेपालका समाचारदाता र स्थानीय पत्रकारको सहभागिता रहेको छ ।


Post a Comment

 
Top