0



गोल्डेन न्यूज संवाददाता
पोखरा १६ जेठ ।
नेपाली कांग्रेस पोखरा–१५ का नेता एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष खरिलाल विकले डा. भीम राव अम्वेडकर अन्तर्राष्ट्रिय गौरव सम्मान प्राप्त गरेका छन् । बाट सम्मानित भएका छन् । पोखरामा रहेर पनि दीनदुःखी र असहाय र अशक्तहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएका विक दलित परिवारमा जन्मिएर पनि समाज सेवाको क्षेत्रमा अब्बल मानिन्छन् ।
लामो समयदेखि प्रजातन्त्र र गणतन्त्र एवं नेपाली कांग्रेसको पक्षमा सक्रिय विकले धार्मिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै डा. भीम राव अम्वेडकर विचार मञ्चले डा. भीम राव अम्वेडकर अन्तर्राष्ट्रिय गौरव सम्मानबाट भारतको कुरुक्षेत्र, हरियाणामा यहि जेठ २५ गते सम्मान गरेको जानकारी नेपाली कांग्रेस पोखरा उपमहानगरपालिका वडा नं. १५ कार्यसमितिका सभापति टोपबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सभापति थापाले वरिष्ठ समाजसेवीको रुपमा स्थापित विकप्रति बधाई ज्ञापन गर्दै उनको उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको कामना गरेका छन् । साथै उनको कार्यशैलीको अनुशरण गर्दै यस किसिमको सेवा र सद्भावमा जुट्न सबै कांग्रेजनलाई प्रेरणा प्राप्त हुने विश्वास थापाले व्यक्त गरेका छन् ।

Post a Comment

 
Top