0
गोल्डेन न्यूज संवाददाता
पोखरा १५ जेठ । पश्चिमाञ्चल होटल संघ पोखराले स्थानीय बसुन्धरा पार्कमा गत चैत २८ देखि वैशाख २ गते सम्म आयोजना गरिएको ११औं फेवा नव वर्ष महोत्सव प्रभावकारी रुपमा सफल भएको जनाएको छ । संघद्वारा हालै लेकसाइडमा आयोजित समिक्षा बैठकले संघले त्यस्तो निष्कर्ष सार्वजनिक गरेको हो । महोत्सवमा देशविदेशबाट दर्शकहरुको उत्साहजनक सहभागिता भएको, महोत्सव स्थल भित्र र बाहिरको व्यापारमा सकारात्मक प्रभाव परेको र पर्यटन लगायत अन्य व्यापार व्यवसायमा समेत त्यसको राम्रो असर परेको समिक्षा बैठकमा चर्चा गरिएको थियो । समिक्षा बैठकसँगै महोत्सव सम्पन्न गर्न गठिन मूल आयोजक समिति र उपसमितिहरु पनि विघटन गरिएको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । कार्यक्रमसँगै संघले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतलाई पनि स्वागत तथा सम्मान गरेको छ ।  अध्यक्ष गैह्रेले प्रजिअ राउतलाई मालमा लगाएर कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रजिअ राउतले जिल्लाको विकास तथा सुरक्षामा आफू सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान निकै कम भएपनि यसलाई बढाउने तर्फ व्यवसायीको ध्यान जानुपर्ने सुझाव उनले दिए । पर्यटन क्षेत्रमा पूर्वाधारहरुको विकास र पर्यटकको बसाई लम्ब्याउनेतर्फ व्यवसायी लाग्नुपर्ने भनाई उनको थियो ।  कार्यक्रममा बोल्दै संघका अध्यक्ष गैह्रेले पश्चिमाञ्चल होटल संघ यस क्षेत्रको ठूलो संस्था भएको बताउँदै यसले देशको अर्थतन्त्रमा समेत राम्रो योगदान पु¥याएको बताए । सो अवसरमा बोल्दै संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले होटल संघ धेरै कर तिर्ने, धेरै मजदूरलाई रोजगारी दिने र लगानी पनि धेरै भएको संस्था भएको स्मरण गराउँदै अर्थतन्त्रमा यसले पु¥याएको योगदानलाई राज्यले बुझ्नुपर्नेमा जोड दिए । फेवा महोत्सवले नेपाली संस्कृतिको जगेर्ना र प्रचारप्रशारमा समेत सहयोग पु¥याउँदै आएको पराजुलीले बताए । संघका महासचिव लक्ष्मण सुवेदीले आगामी वर्षहरुमा समेत संघले महोत्सवलाई निरन्तर रुपमा अयोजना गर्दै जाने जानकारी दिए । खाना, संस्कृति र पर्यटनलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवले फेवा तालको संरक्षणमा समेत उत्तिकै चासो दिएको उनले स्पष्ट पारे

Post a Comment

 
Top