पोखरा ३ जेठ ।(गोल्डेन)
पोखराको बगरमा अवस्थित पास्कल एकेडेमीमा मा.वि स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३० जना प्रतियोेगीले भाग लिएका थिए । “शस्त्र बलभन्दा शास्त्र बल ठूलो हुन्छ” भन्ने शीर्षकको प्रतियोगितात्मक कार्यक्रममा पास्कल सदनकी एलिसा कार्की प्रथम, न्युटन सदनका सुदीप अधिकारी द्वितीय र र्डािर्वन सदनका अविरल भट्टराई तथा पास्कल सदनकी दिपीसा गौतमले क्रमशः तृतीय स्थान हासिल गरेका थिए ।
उक्त प्रतियोगिताको निर्णायक संयोजकमा नेपाली विभागीय प्रमुख ज्ञानेश्वर सुवेदी र सदस्यहरुमा शिक्षिका कल्पना पौडेल र डील कुमारी भट्टराई रहेका थिए भने समय सूचकमा रुपमा शिक्षक सेतु प्रसाद भट्टराई रहेका थिए ।
विद्यालयका सहप्राचार्य सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उक्त कायक्रमको सञ्चालन विद्यालयका अत्तिरिक्त क्रियाकलाप प्रमुख विजय के.सी. गरेका थिए ।
यसैगरी गुरुकुल विद्या सदन उच्च मा.वि. पोखरा नयाँबजारले आफ्नो वार्षिक कार्यतालिका अनुरुप वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक रुपमा भएको सो वादविवादमा प्रतियोगितामा फिस्टेल,अन्नपूर्ण, माउन्ट एभरेष्ट र धौलागिरि सदनका १२ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो । ‘शस्त्रबल ठूलो कि शाास्त्र बल ?’ शीर्षकमा भएको उक्त प्रतियोगितामा फिस्टेल सदनकी प्रितिशा बराल प्रथम, अन्नपूर्ण सदनबाट दीपा कार्की द्वितीय, धौलागिरि सदनबाट अस्मी गुरुङ्ग र माउन्ट एभरेष्ट सदनबाट ओमिका गौतमले तृतीय स्थान हासिल गरेका थिए । विद्यालयको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कृष्ण भुजेलको संयोजनमा सञ्चालित कार्यक्रममा विद्यालयका शिक्षक टेकबहादुर गुरुङ्ग, दिपिका कार्की, पार्वती काले, अञ्जु के.सी. लगायतले निर्णायक तथा समय सूचकको भूमिका निर्वाह गरेका थिए ।
Post a Comment