0

गोल्डेन न्यूज संवाददाता
पोखरा १६ जेठ ।
पोखरामा होटल व्यवसायी संघ चितवन र पोखराका होटल व्यपसायी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको अवलोकन भ्रमण तथा ब्यवसायी संगको भेटघाटमा निस्केको २७ जना सम्मिलत भ्रमण टोलीेले पोखराको पृथ्वी होटल ब्यवसायी र सिटी रेवानका ब्यवसायीहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेको हो । होटल ब्यवसायी संघ चितवनका अध्यक्ष इमान्दु बरालले अहिले पनि राज्यले पर्यटन प्रवद्र्धको क्षेत्रमा बार्षिक ११ करोड खर्च गर्ने गरेको भए पनि त्यो रकमको सही सदुपयोग  हुन् नसकेको बताए । सिटी रेवान पोखराका अध्यक्ष कृष्णप्रसाद शर्मा पाध्याले रोजगारी दिने शिलशिलामा होटल ब्यवसायी अगाडि रहेपनि सरकारको नजरमा होटल ब्यवसाय पर्न नसकेको बताए । पृथ्वी होटल ब्यवसायी समितिका अध्यक्ष रिजन शेरचनले होटल ब्यवसायीहरुको माग राज्यले नसुनेको भन्दै यस्तै अबस्था रहिरहने प्रहरी प्रशासनले पनि होटल ब्यवसायीलाई पेलिरहने हो भने आफूहरु देश नै ठप्प पार्ने गरी आन्दोलनमा उत्रने चेतावनी दिए । कार्यक्रममा सिटीरेवानका संस्थापक अध्यक्ष चिरञ्जवी श्रेष्ठ, पृथ्वीहोटल ब्यवसायी संघका सल्लाहकार, केन्द्रीय सदस्य लाल बहादुर श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top