पोखरा १६ जेठ ।(गोल्डेन)
सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा(८ नागढुङ्गाको आफ्नो वार्षिक कार्य योजना अनुसार सहकारीहरुको अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
भ्रमणमा सञ्चालक समिति, लेखा समिति, ऋण उप–समिति, शिक्षा समिति, सल्लाहकार समिति, शेयर सदस्यहरु तथा संस्थामा कार्यरत कर्मचारीहरु सहित ८० जनाको सहभागिता रहेको थियो । भ्रमणको नेतृत्व संस्थाको अध्यक्ष गजकुमारी गुरुङ्गले गरेका थिए । गणतन्त्र दिवसको दिनमा आयोजित उक्त कार्यक्रममा सहभागी सदस्यहरुबाट पुरनचौर गा.वि.स अन्तरगत भुर्जुङ खोलामा रहेको गण्डकी रेन्बो ट्राउट प्रा.लि को अवलोकन गरेको थियो । त्यसै गरी, उक्त टोली सार्दीखोला स्थित माछापुच्छे्र« रेन्बो ट्राउट सहकारी संस्था लि र कृषि सहकारी संस्था को समेत अवलोकन गरेको थियो ।
Post a Comment