गोल्डेन न्यूज संवाददाता
पोखरा ३ जेठ ।
अनुपम म्युजिक पोखराको आयोजनामा शनिबार पोखरामा अनुपम साङ्गीतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरेली दर्शकहरुले कलाकारहरुलाई खुलेर साथ दिएका थिए ।
पोखरासहित काठमाण्डौ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रममा अनुपम सङ्गीत सम्मान २०७१बाट सङ्गीतकर्मी बुद्धराज गुभाजु (बज्राचार्य), गायक कर्म ग्याल्छेन बमजन, गीतकार होमनाथ न्यौपाने र गायिका इन्दिरा जोशीलाई सम्मान गरिएको थियो भने समाजसेवी वीरेन्द्र पालिखेलाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथि सरुभक्त, विशेष अतिथि हरिदेवी कोइराला, कृष्णप्रसाद बाँस्तोलालगायतले उनीहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।
कार्यक्रमबाट बचत रकम रेन्बो चिल्डे«न होमका बालबालिका को सहयोगका लागि प्रदान गरिने र हरेक वर्ष एकजना गायक÷ गायिका, सङ्गीतकार वा रचनाकारलाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरिने कार्यक्रमका अध्यक्ष एवम् संयोजक अनुराग अधिकारीले जानकारी दिए । कार्यक्रममा इन्दिरा जोशी, सन्तोष रुचाल, निरा रानाभाट, कर्म ग्याल्छेन, रामभक्त जोजिजू, इतु जोजिजू, ऋतु लामा, अनुज कुलुङ, प्रकाश गौतम, तमन्ना गुरुङ, दिनेश विष्ट, सूर्य गुरुङ, स्मृति गुरुङ, विजय राई, उमेश राई, नारायणी लामिछाने लगायतले गीत गाएका थिए । सम्मोहन साहित्यिक पत्रिका, रेन्बो चिल्डूेन होम, अभियान युवा क्लब, आदर्श अफ्सेट प्रेस, फेवा दोहोरी साँझ एण्ड क्याफे र गजल यात्रा पोखराको सहआयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपाली सङ्गीतका क्षेत्रमा अनुपम साङ्गीतिक साँझले पोखरेली सङ्गीत इतिहासमा विशिष्ट महत्व राख्ने बताए । स्रष्टाहरुले समाज, देश र विश्वका लागि महत्व राख्ने सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता कार्यक्रमले स्रष्टालाई थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्राज्ञ सरुभक्तले अनुपम म्युजिकले उत्पादन गरेको अनुपम–४, आँचलको समेत विमोचन गरेका थिए । कार्यक्रममा कालिका एफ.एम.का कार्यक्रम संयोजक मनोज पन्त, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, प्राज्ञ हरिदेवी कोइराला, समाजसेवी वीरेन्द्र पालिखे, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्निप्रसाद कँडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमकी सहसंयोजक गोमा ढकालले स्वागत मन्तव्य कार्यक्रम आयोजक समितिका सचिव रुपिन्द्र प्रभावी कटु, सहसचिव ऋषि खतिवडा र अतिथि सत्कार उपसमितिका संयोजक मनकुमार श्रेष्ठले पालैपाला सञ्चालन गरेका थिए ।
Post a Comment