गोल्डेन न्यूज संवाददाता
पोखरा ४ जेठ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यस सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक ९ पोखराको संयुक्त आयोजनामा ट्राफिक नियम जेव्राक्रसिङ्ग सम्वन्धी सप्ताहव्यापि कार्यक्रम सम्पन्न भयो । सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा र क्षेत्रीय प्रहरी कार्यालय पोखरा प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वम वहादुर भण्डारीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदारमान सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वशन्तकुमार लामा, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रहरुका पदाधिकारीहरु विभिन्न आमा समूहमा आवद्ध कार्यसमिति गरी जम्मा २०० जना पदाधिकारी हरुको सहभागिता रहेको सेवा केन्द्रले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायव निरीक्षक भण्डारीले देशको जनसंख्या वृद्धि संगै सवारी साधनको चापको कारणले गर्दा र अव्यवस्थित सहरीकरण,आम नागरीकमा चेतनाको कमि, सवारी चालकहरुको लापरवाहीले गर्दा दिनानुदिन वृदि हुँदै गईरहेको बताए । उनले सवारी दुर्घटनालाई न्युनिकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चिरञ्जीवि श्रेष्ठले ट्राफिक नियम जेव्राक्रसिङ्ग सप्ताहव्यापि कार्यक्रमले सवारी चालक तथा आम नागरीकहरुमा सचेतना फैलाउनुको साथै दिनानुदिन बढ्दै गईरहेको सवारी दुर्घटना, सडक दुर्घटनामा कमी आउनु र सडक व्यवस्थापन समेत सहज हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन पश्चात् जनपद प्रहरी, टूाफिक प्रहरी र विभिन्न सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु र श्री सवलाईम उच्च माध्यामिक विद्यालयका १६० जना छात्र–छात्राहरु र श्री क्रियटिभ माध्यामिक विद्यालयका ५० जना छात्र–छात्र गरी जम्मा २१० जना विद्यार्थीहरु लाई पोखराका सवारी तथा पैदल यात्रुवाट अति व्यस्त रहने चोकहरु पृृथ्वीचोक, महेन्द्रपुल, वि.पि.चोक, सभागृह चोकमा र न्यूरोडमा गरी जम्मा २० वटा जेव्राक्रस र पृथ्वीचोकदेखि महेन्द्रपुल हुँदै वि.पि.चोक, सभागृहचोक देखि सृजनाचोकसम्म रहेका २२ वटा बस पकेटहरुमा संयुक्त रुपमा परिचालन गरी जथाभावी रुपमा सडक वारपार गर्ने पैदल यात्रुहरुलाई जेव्राक्रसबाट नै सडक वारपार गर्नुपर्ने सचेतना फैलाउँदै सो सम्वन्धी चेतनामूलक पर्चा पम्पलेट वितरण गरिएको थियो भने कार्यक्रम संयोजक निलबहादुर केसी र यस कार्यक्रमको संचालक जयराम अधिकारीले गरेका थिए ।
Post a Comment