0

गोल्डेन न्यूज संवाददाता
पोखरा ३१ वैशाख ।
पोखरामा २५५८औं बुद्ध जयन्ती सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जयन्ती समारोह समिति कास्कीको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा बुधबार धर्मशिला वुद्ध विहार नदिपूरको आयोजनामा धर्मशिला वुद्ध विहार नदीपुरमा बुद्ध पूजा, शिल प्रार्थना, बुद्ध पूजा तथा धर्मदेशना र दान कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा शान्ति ¥याली पनि सम्पन्न भयो । साथै युवा बौद्ध संघ र धर्मशिला वुद्ध विहारको सयूक्त आयोजनामा बुधबार साँझ शान्ति दीपयात्रा र ज्ञानमाला संघ धर्मशिला बुद्ध विहारको आयोजनामा ज्ञानमाला भजन तथा भैषज्य पूजा सम्पन्न भएको थियो ।
धर्मशीला वुद्ध विहार नदीपुराट शुरु भएको शान्ति ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गगा न्यूरोड हँुदै सभागृहमा पुगि सभामा परिणत भएको थियो । सोही अवसरमा विगत तीन दशकदेखि बुद्ध धर्मका विभिन्न संघ संस्थाहरुमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरी बुद्ध धर्मको प्रचार–प्रसार तथा संरक्षण र सम्बर्दन गर्ने कार्यमा पु¥याएको योगदानको कदर गर्दै बुद्ध जयन्ती समारोह समितिका संस्थापक सचिव उत्तममान बुद्धाचार्यलाई सम्मान गरिएको थियो । साथै विभिन्न संघ संस्थालाई पनि सम्मान गरिएको थियो । त्यसैगरी बुधबार साँझ विन्ध्यवासिनीबाट सुरु भएको शान्ति दीपयात्रा, मोहरिया टोल, तेर्सापट्टी हुँदै धर्मसंघ वुद्ध विहार नदीपुरमा पुगि सम्पन्न भएको थियो ।
यसअघि बैशाख २४ गते  शुभारम्भ ¥याली तथा बुद्ध पूजा कार्यक्रम सम्पन्न गरिएको थियो । वैशाख २५ गते बौद्ध अर्घौ सदन रामघाट पोखराको आयोजनामा बेगनासतालमा प्राणदान (माछा छत्तर) तथा वेगनासताल क्षेत्रमा सरसफाई गरिएको र बौद्ध उपासिका संघ धर्मशिला बुद्ध विहारको संयोजकमा सुखावती बौद्ध गुम्बा घाईघाटमा बुद्ध पूजा तथा धर्मदेशना कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै वैशाख २६ गते सद्धर्मसभा धर्मसंघ वुद्ध विहार मोहरीया टोलको आयोजनामा धर्मदेशना कार्यक्रम रु बौद्ध अघौ सदन रामघाट पोखराको आयोजनामा गणचक्र (दशमी पूजा) सम्पन्न गरिएको थियो । वैशाख २७ गते बौद्ध उपासिका संघ धर्मशिला बुद्ध विहार नदीपुर पोखराको आयोजनामा आरोग्य आश्रम टुटुगामा भोजन दान कार्यक्रम, बौद्ध अर्घौ सदन रामघाट पोखराको आयोजनामा बृद्धाआश्रम गगनगौंडामा फलफूल तथा भोजन दान कार्यक्रम, युवा बौद्ध संघ धर्मशीला बुद्ध विहार नदीपुर पोखराको आयोजनामा बालमन्दिर स्कूल, नदीपुरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम र शुखावती बौद्ध गुम्बा गाईघाटको आयोजनामा गुम्बा परिषद चिता बगैंचा बत्ति कोठा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो । बैशाख २८ गते ज्ञानमाला संघ धर्मशिला वुद्ध विहारको आयोजनामा प्रभात फेरी कार्यक्रम र धर्मशिला वुद्ध विहार दायकसभाको आयोजनामा धर्मशिला बुद्ध विहार नदीपुरमा भिक्षु शुभद्र श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।
बैशाख २९ गते ज्ञानमाला संघ र धर्मशीला वुद्ध विहारको आयोजनामा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम बाटुलेचौरमा खाद्यान्न तथा अन्य सामग्री दान कार्यक्रम सम्पन्न गरिएको थियो ।

Post a Comment

 
Top