गोल्डेन न्यूज सम्वादादता
पोखरा, १३ जेठ ।
सूचना तथा सञ्चार मन्त्री एवं नेपाल सरकारको प्रवक्ता डा. मिलेन्द्र रिजालले प्रधानमन्त्री शुशील कोइरालाको भारत भम्रण नेपाल सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन् । पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल र भारत बीच अनादीकाल देखि सम्बन्ध रहँदै आएको मा यस पटकको भम्रणले पनि त्यसलाई थप सुदृढ स्पष्ट पारे भारतका नवनिवार्चित प्रधानमन्त्री को शपथ ग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरेर भारतले विश्व राजनैतिक रङ्गमञ्चमा आफ्नो प्रभाव बढाउन प्रयास गरेको बताउँदै मन्त्री रिजालले प्रधानमन्त्रीको भ्रमण उपलब्धी मुलक बन्ने विश्वास प्रकट गरे ।
मन्त्री रिजालले सरकारले गर्ने कतिपय काममा ढिलाई भएको स्वीकार गर्दै दुई ठूला दल काँग्रेस र एमाले सँगै सरकारमा रहदा काममा ढिलाई भएको र त्यसलाई अस्वभाविक मान्न नहुने स्पष्ट पारे । अहिले संविधान सभा बाहिर रहेका शक्तिको विचारलाई पनि संविधान सभामा पुग्ने बाटो निर्माण गर्न आफूहरु प्रयासरत रहेको बताउदै उनले स्थानिय निकायको निर्वाचन गर्ने सबालमा राजनैतिक सहमती गरेर यथाशिघ्र मिति तोक्ने भनिएको तर राजनैतिक सहमती कायम नहुँदा निर्वाचनको मिति घोषणा हुन नसकेको बताए ।
उनले १ वर्ष भित्र संविधान सभा निर्माण गर्ने पूर्व निधारित लक्ष्य अनुसार नै संविधान सभाका विभिन्न समितिले कार्यतालिका अनुसार काम गरेको र २०७१ माघ ७ गते भित्र संविधान जारी हुने विश्वास प्रकट गरे । संविधान सभामा २६ सभासद् मनोनित गर्नुपने भएपनि ढिलाई भएको कुराको चर्चा गर्दै उनले सरकारले त्यसका लागि पुनराअवलोकन गर्न निवेदन दिएको तर धेरै समय पर्खिन भने नपर्ने बताए ।
सञ्चार मन्त्री रिजालले श्रमजिवि पत्रकार ऐनको कार्यान्वयन सँगै पत्रकारहरुको रोजगारी र न्यूनतम पारिश्रमिक बीचमा सन्तुलनको खोजी भै रहेको स्पष्ट पारे । युनियनका कास्की जिल्ला अध्यक्ष शिरोमणी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाश सापकोटाले पनि आफ्नो भनाई राखेका थिए ।
Post a Comment