0

पोखरा १६ जेठ ।(गोल्डेन)
बालबच्चाहरुले घरपरिवारमा अधिकांश समय विद्यालयमा बिताउने हँुदा अभिभावकहरु छोराछोरीप्रति सचेत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कूल, रामबाजर पोखराले आयोजना गरेको विद्यार्थीहरुको शैक्षिक उन्नतिमा अभिभावकहरुको भूमिका विषयक एक दिने कार्यशालामा सो कुरामा जोड दिइएको हो । कार्यक्रममा सहजिकरण गर्दै परिकल्पना नेपालका केन्द्रीय कार्यकारिणी सदस्य राधाकृष्ण ज्ञवालीले बालबच्चाहरुले दैनिक १८ घण्टा घरपरिवारमा बिताउने हुदा उनीहरुको मनोभावना बुझि कार्य गर्नुपर्ने बताए । सकारात्मक सोच, बालमनोविज्ञानमा आधारित लगायतका विभिन्न विषयमा कार्यशालामा जानकारी गराइएको थियो । विद्यालयकी प्राचार्य सुशिला केसी अधिकारीले विद्यार्थीहरुको शैक्षिक उन्नतीमा अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेकाले कार्यशाला आयोजना गरिएको जानकारी दिइन । कार्यशालामा करिव दुई सय अभिभावकको सहभागिता रहेको थियो भने उनीहरुले सो अवसरमा आफ्ना बच्चाहरुको समस्याकाबारे विभिन्न जिज्ञासा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक शिक्षक बालकृष्ण उपाध्यायले गरेका थिए ।

Post a Comment

 
Top