0

पोखरा, १३ जेठ
सहअस्तित्व समाजवाद राष्ट्रिय अखण्डता सामाजिक सद्भाव भन्ने उद्देश्यका स्थापित अखण्ड नेपाल पार्टी दोश्रो वर्षमा प्रवेश गरेको छ ।
पार्टी स्थापनाको अवसरमा पार्टीले झण्डा अनावरण गर्नुका साथै बृद्धबृद्धालाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्कीले बताए ।
उद्गमस्थल कास्की रहेको सो पार्टीले दोश्रो संविधानसभा निर्वाचनमा भाग लिएका १ सय २२ दलमध्ये आपूmलाई २१ औं स्थानमा स्थापित गर्न सफल भएको छ ।
पार्टी स्थापनाको दोश्रो वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले नेपालीको भावना राष्ट्रिय अस्तित्वलाई बलियो बनाउने रहेको बताए । उनले पार्टीले राजनीतिक गर्न नभई पछि परेका नेपालीहरुको सेवा गर्न स्थापना भएको स्पष्ट पारे ।
पार्टी महासचिव केशबहादुर केसीले पार्टीले संगठन बलियो बनाउन दबाबमूलक कार्यक्रमका अलावा सामाजिक सेवामूलक कार्य गर्दै आएको बताए । ठूला भनेका दलले हरेक ठाउँमा भागवण्डा गरी राष्ट्रियतालाई कमजोर बनाउने गरेको आरोप लगाउँदै उनले स्वतन्त्र न्यायीक अदालत खोली कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।
पार्टीका जिल्ला अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख एवं केन्द्रीय सचिवालय सदस्य उदयबहादुर बस्नेत, केन्द्रीय सदस्य भरतबहादुर बस्नेत, रिवबहादुर थापा, महिला अध्यक्ष प्रमिला कुँवर, युवा समाजका अध्यक्ष मीनराज खड्का, महिला मञ्चका अध्यक्ष रेणुका ठकुरी, जिल्ला उपाध्यक्षद्वय दिलबहादुर अधिकारी, बालकृष्ण सुवेदी, भूपू संघ अध्यक्ष लोकबहादुर थापा, जिल्ला सचिव लक्ष्मी अधिकारी, कार्यक्रम संयोजक टेकन गिरीलगायतले पार्टी बलियो बनाउन सबै तहबाट सहयोगको आवश्यकता रहेको बताए ।

Post a Comment

 
Top