विष्णु अधिकारी
ल्याटिन भाषाको च्भकउगदष्अिब बाट विकसित च्भउगदष्अि (गणतन्त्र) को शाब्दिक अर्थ राष्ट्रमण्डल ९ऋयmmयलधभबतिज० हुन्छ । यस प्रकारको स्वरुपमा राज्यसत्ताको सार्वभौमसत्ता जनतामा निहीत हुन्छ । प्रशासनिक ्रमुखहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट जनताबाट निर्वाचित वा अनुमोदित भई प्रतिनिधित्व गर्दछन् । अमेरिका र फ्रान्सको राज्यक्रान्ति भन्दा अगाडिको समयतिर च्भउगदष्अि को अर्थ राष्ट्रमण्डल ९ऋयmmयलधभबतिज० लाई जनाउँथ्यो, यस्तो गणतान्त्रिक सरकारमा निरंकुश, अत्याचारी शासक हुँदैनथ्यो र जनइच्छा अनुसारको सरकार हुन्थ्यो । यस अर्थमा राजतन्त्र र कुलीनतन्त्रलाई पनि प्रजातन्त्र भन्ने गरिन्थ्यो तर १६औं शताब्दीका प्रभावशाली राजनीतिक सिद्धान्तवादी जिन बोदाँ ९व्भबल द्ययमष्ल० ले गणतन्त्रको व्इाख्या गरी राजतन्त्र, कुलिनतन्त्र र लोकप्रिय राज्यको विश्लेषण गरेका थिए । त्यसैगरी मन्टेस्म्युले १७४८ मा सर्वोच्चसत्ता जनताको सामूहिक नेतृत्व अर्थात विशेष प्रकारको परिवारमा निहीत हुनुपर्छ भनि गणतन्त्रात्मक सरकारको परिभाषा गरे । त्यसपछि अमेरिका, फ्रान्सका राज्यक्रान्तिहरुले स्वतन्त्र गणतन्त्रात्मक राज्यको लागि जनताका अधिकार र स्वतन्त्रताको संवैधानिक व्याख्या गरी गणतन्त्र शब्दको अर्थमा भएको परम्परागत व्याख्यालाई पश्चिमी सभ्यता र स्वतन्त्रतासँग जोडेर विकसित गरे जुन अहिलेको विकसित अभ्यास नै गणतन्त्रको यो रुपमा हामी देखिरहेका छौं । नागरिकहरुको सक्रिय सहभागिताद्वारा जनतामा सार्वभौमसत्ता कायम रहने सरकारको स्वरुप नै गणतन्त्र हो । जनइच्छाद्वारा लोककल्याणकारी सम्प्रभूताको आधारमा सरकारका उच्च पदहरुको प्रतिनिधित्व हुन्छ । जनप्रतिनिधि तथा न्यायाधीश प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनताद्वारा निर्वाचित हुन्छन् । यसरी सार्वभौमसत्ता जनतामा कायम रहने गरी संगठित सरकार नै गणतन्त्र हो भन्ने बुझिन्छ । गणतन्त्रसम्बन्धी सैद्धान्तिक विचारले सरकारमा सहभागी हुने जनता स्वतन्त्र हुन्छन् । निर्वाचन र जनमत प्रकट गर्ने विषयमा कसैको प्रभावमा परेको हुँदैनन भनि अनुमान गरेको हुन्छ । बहुमतको अधिकारले सम्पूर्ण जनताको निर्णय गर्दछ अर्थात बहुमतको जनमत नै व्यक्तिका स्वतन्त्र विचारको परिणाम हुन्छ । यसै आधारमा जनता निर्वाचनमा सम्प्रभू सम्पन्न हुन्छन् र सरकारलाई नियन्त्रण गर्न सक्षम हुन्छन् जो गणतन्त्रको विशेषता हो । समकालिन रुपबाट हेर्दा गणतन्त्र तीन प्रकारको अवस्थामा देखिन्छ । १) लोकतान्त्रिक गणतन्त्र २) सैनिक गणतन्त्र ३) साम्यवादी गणतन्त्र । यस प्रकार २०६५ साल जेष्ठ १५ गते हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको हो । लोकतान्त्रिक गणतन्त्रको शुरुवात पश्चिमी मुलुक अमेरिका र फ्रान्सका १८औं शताब्दीको राज्यक्रान्तिबाट भएको मानिन्छ । तत्कालीन क्रान्तिले गणतन्त्रको ऐतिहासिक जग बसाएको हो । त्यसलाई इटाली, जर्मनी र स्कोण्डिनेभियन बेल्जियम र निरदल्याण्डमा, क्यानडा र बेलायत लगायत अन्य देशहरुमा विकसित हुँदै आएको हो । जुन संवैधानिक राजतन्त्रको लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुक बेलायतलाई देख्न सकिन्छ । त्यस्तै सैनिक निरंकुश शासनद्वारा संचालित मध्य पूर्व र दक्षिण अमेरिका तथा दक्षिण एशियाका राज्यहरुमा पाइन्छ भने साम्यवादी गणतन्त्रको रुपमा चीन, उत्तरकोरिया, जसले माक्र्सवादी सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक जनगणतन्त्रको रुपमा जनताको वास्तविक परिस्थिति र लोककल्याणकारी कार्यलाई प्राथमिकतामा राखेर गणतन्त्रात्मक सरकारको स्वरुपमा राज्इ सरकार संचालन गर्र्दछन् । १७७६ अघि अमेरिका बेलायतको उपनिवेशमा थियो । बेलायती समुदायको विद्रोह गरी १३ वटा राज्यहरुले एउटा राष्ट्रमण्डल स्थापना गरे । त्यसपछि लामो समयसम्मको बेलायत साम्राज्यबाट स्वतन्त्र भई संघीय गणतन्त्रको स्थापना गर्ने विचार अगाडि आयो र १७८७ को फिलाडोल्फिया सम्मेलन गरी ५० वटा राज्यहरु मिली गणतन्त्रात्मक शासन व्यवस्थाका लागि फिलाडोल्फिया सम्मेलनद्वारा एउटा संविधान बन्यो र १७८९ देखि संघीय प्रणालीका रुपमा त्यो संविधानबाट संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको शुरुवात भयो । गणतन्त्रको राजनीतिक शक्ति, वंश, परम्परागतश ासकमा पनि रहेको पाइन्छ तर वर्तमान समयको परिभाषाले वंशलाई स्वीकार गर्न सक्दैन । गणतन्त्र, राज्य र सरकारको एउटा रुस हो जहाँ वंश परम्परागत राजतन्त्र लाई स्थान हुँदैन, राज्य प्रमुख र सरकार प्रमुखहरु संविधान बमोजिम नियुक्ति र अनुमोदित हुन्छन् । जहाँ जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् । यसरी विश्वका अधिकांश राष्ट्रहरुमा लोकतान्त्रिक गणतन्त्र अस्तित्वमा आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा सत्ता र शक्तिको विभाजन हुन्छ, शक्ति विकेन्द्रीकरण एवं शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संचालन हुने हुँदा यो शासन प्रणाली लोकप्रिय पनि मानिन्छ । तर २०६५ साल जेष्ठ १५ गते बहुमतद्वारा घोषणा गरिएको हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको यतिका वर्षसम्म पनि संस्थागत विकास हुन सकेको छैन । शासन व्यवस्थालाइ संस्थागत गर्ने संीवधान नै बनाउन सकिएको छैन भने अर्कोतर्फ विभिन्न वाद र सिद्धान्तको जडसुत्रले हाम्रो गणतन्त्र आफैमा दिग्भ्रमित भैरहेको छ । गणतन्त्रका शाश्वत मूल्य, मान्यता समेत परम्परागत र कुलिन शासक वर्गको रुपमा चलिरहेको महसुस हुन्छ । गणतन्त्र स्थापना अगाडि एउटा प्ष्लन को जस्तो व्यवहार र कार्यशैली जस्तै अहिले धेरै छोटो राजाहरुले गणतन्त्रको बद्नाम गरिरहेको अवस्था छ । त्यसमा पनि राष्ट्र र जनताप्रति उत्तरदायी र लोक कल्याणकारी शासन व्यस्थाको त कुरा गर्नु पनि लाज लाग्छ । नीतिहिन, सिद्धान्तहीन विचार र नेतृत्व नै अक्षम देखिएको यो अवस्थामा गणतन्त्र दिवसको परिभाषा खोज्नुपर्ने भएको छ । कुनै पनि व्यवस्था आफैमा असफल हुँदैन तर त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व क्षमताको असफलताले समग्र व्यवस्थालाई नै असफल बनाइदिएको हुन्छ । जहानीयाँ राणा शासनकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक परिवेश हेर्ने हो भने यति बेला जनइच्छा र आकांक्षा गणतन्त्रन्मुख भए पनि नेतृत्व कार्यशैली र राजनीतिक दलहरुको व्यवहारले संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्र र व्यवहार देखाउनै सकेको पाइँदैन । नाम मात्र फेरिदैंमा गणतन्त्रको अनुभूत हुँदैन, नाम अनुसारको काम पनि हुनुपर्दछ तर यहाँ निहीत व्यक्ति, पार्टी र शक्तिका लागिमात्र गणतन्त्रको प्रयोग भैरहेको छ । संक्रमणकालको नाममा सत्ता र शक्तिको दुरुपयोग गरेर लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गर्नु नै हाम्रो नियती बनिरहेको छ । न्यायालय भित्रको नौटंकी नाटककै चर्चा पर्याप्त हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक अभ्यास र प्रयोगमा हाम्रो कार्यकौसलता कसरी छरस्पष्ट भयो जुन यसभन्दा अगाडिका कुनै पनि शासनकालमा यस्तो नौटंकी जात्रा गरेर जनताका आँखामा भ्रम छर्ने काम भएको थिएन । जब नीति निर्माण गर्ने तहमा नै यस्तो अदुरदर्शी, स्वार्थी, लोभी र पापीहरुको शक्ति स्थापित हुन्छ भने आम सर्वसाधारण नागरिकका लागि गणतन्त्रको अर्थ नै के रहन्छ र ? यस्तै हो भने गणतन्त्र हदैसम्मको अराजक, अनुशासनहिन, सिद्धान्तहिन र जंगली रुपमा परिणत हुनेछ ।

Post a Comment