0

गोल्डेन न्यूज संवाददाता
पोखरा १६ जेठ ।
लेखनाथ नगरपालिका वडा नं ९को शिवालय चोकमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिने भएको छ । वेगनासताल वातावरण तथा संरक्षण विकास समितिको सक्रियता र स्थानीय सामाजिक संघ सस्थाको सहयोगमा करिब एक करोड ३१ लाखको लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
भवनको शिलान्यास गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले विकासका लागि जनताको सक्रियतामा गरिने जुनसुकै काममा नगरपालिको पूर्ण सहयोग रहने बताए । वेगनासताल वातावरण तथा संरक्षण विकास समितीका अध्यक्ष केशवराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति राजेनद्रमणि लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहन गुरुङ, नेकपा माओवादीका नगर इन्र्चाज विनय थापा र संचारकर्मी सचिन रानाभाट लगायतले आफ्नो ठाउको विकासका लागि स्वयम स्थानीय वासीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । भवन निर्माण समितिकी अध्यक्ष सावित्री अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव सोमलाल तिवारीले गरेका थिए ।

Post a Comment

 
Top