0

गोल्डेन न्यूज संवाददाता
पोखरा ३१ वैशाख ।
नेपाली काँग्रेसको भातृसंस्थाका रुपमा नवगठित नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो स्थापना लगत्तै भावी कार्यक्रम र संगठन विस्तारको कार्यक्रमलाई तीव्रता दिने भएको छ ।
संघको राजधानीमा सम्पन्न दुई दिने वैठकले संगठन विस्तारलाई देशका ७५ जिल्लामा पु¥याउने र राजधानीमा दुईवटा महत्वपूर्ण खेल प्रतियोगिता गर्ने निर्णय गरेको संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले बताए । जननायक वीपी कोइरालाको शतवार्षिकीको अवसर पारेर काठमाडौमा हाफ म्याराथन र पाँच किलोमिटर दौड प्रतियोगिता संघले गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक खेलकुद संघले वीपीको जन्म दिन भाद्र २४ गतेको अवसर पारेर २१ किलोमिटरको हाफ म्याराथन र पाँच किलोमिटरको दौड प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । गत २१ गते गठन भएको ६७ सदस्सीय संघले ७५ जिल्लामा संगठन विस्तारका लागि प्रतिनिधि खटाउने निर्णय समेत गरेको अध्यक्ष शेचरनले जानकारी दिए । संघले आफ्नो कार्यालय राष्ट्रिय खेलकुद परिषदभित्र नराख्ने र अरु राजनीतिक दलका खेलकुदसँग सम्बन्धीत शुभेच्छुक संस्थालाई पनि त्यहाभित्र कार्यालय नराख्न अनुरोध गरेको छ ।
संघको केन्द्रीय कार्यालय भने त्रिपुरेश्वरमा स्थापना गरिने भएको छ । कार्यालय एवं संघको गतिविधि सञ्चालनको लागि पदाधिकारी एवं सदस्यबाट आर्थिक सहयोग संकलन गर्ने कार्य समेत संघले शुरु गरेको जनाइएको छ ।

Post a Comment

 
Top