0




गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
मिस सुनार (विश्वकर्मा) प्रतिक्षाले आफूले प्राथमिक तहको शिक्षा हाँसिल गरेको तनहुँको एक सरकारी विद्यालयमा १० हजार रुपैया बराबरको शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।
बन्दिपुर–५ तनहुँको दिलकुमारी पिया प्राविका विद्यार्थी र शिक्षकलाई कापी, पेन्सिल, डायरी तथा कलम बुधवार बिद्यालयमा पुगेर प्रदान गरेकी हुन् । विद्यालयमा अध्ययन गर्ने एकसय छ जना विद्यार्थीलाई १० हजार रुपैयाँ बराबरका सामग्री प्रतिक्षाले प्रदान गरेकी हुन् । बिद्यालयमा अति गरिब परिवारका बिद्यार्थीले अध्ययन गर्ने गर्छन । बन्दिपुर–३ मा माध्यामिक तहसम्मको अध्ययन गरेकी उनी हाल पोखरा बस्छिन् । २०७० चैत ८ गते पोखरामा सम्पन्न प्रथम मिस सुनार (विश्वकर्मा)को उपाधि जितेकी उनले पुरस्कारबाट प्राप्त गरेको रकमले शैक्षिक सामग्री विद्यार्थी र शिक्षकलाई प्रदान गरेकी हुन् ।
भिजुअलजोन प्रालि पोखराले मिस सुनार प्रतियोगिता गरेको थियो । संयौलाई पछि पार्दै चाँदीको क्राउन र नगद जितकी हुन् । उपाधि सहित नगद ५० हजार रुपैया प्राप्त गरेकी उनले सो बिद्यालयको कक्षा ३ सम्म अध्ययन गरेकी थिईन । ‘कापी र कलमहरु पाउँदा धेरै नै खुसी लागेको छ, दिदीलाई धेरै धेरै धन्यवाद ।’ शैक्षिक सामग्री प्राप्त गरेपछि नविन चेपाङले भने ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद भट्टराईले गरिव तथा उत्पीडित समुदायका साथै चेपाङ बालबालिकाले लगायतले पढ्ने बिद्यालयमा शैक्षिक सामग्री प्रदान गरेकोमा खुसी लागेको बताए । ‘बन्दिपुरमा जन्मेकी नानीले मिस सुनारको उपाधि जितेर यस क्षेत्रको नाम राखिन’ भट्टराईले भने, ‘बिद्यार्थी र हामीलाई शैक्षिक सामग्री प्रदान गरेकोमा धेरै खुसी छौं ।’
सो अबसरमा प्रतिक्षालाई विद्यालयले सम्मान पनि गर्दै नाचगान पनि गरेका थियो । शैक्षिक सामग्री प्रदान गर्न भिजुअल जोन प्रालिका अध्यक्ष सन्जु सुनार तथा प्रतिक्षाको परिवार पनि बिद्यालयमा पुगेको थियो । 
‘म आफैले अध्ययन गरेको विद्यालयका बालबालिका र शिक्षकलाई धेरै नभएपनि केही शैक्षिक सामग्री प्रदान गरेकी हुँ’ सुनारले भनिन्,–‘मिस सुनारको उपाधिबाट पाएको रकमबाट प्रदान गरेकी हुँ, मेरो चाहाना समाजसेवा गर्ने हो, शुरु गरेकी छु पछिसम्म सोँच छ ।’ गाउँमा आर्थीक अभाबले शिक्षा हाँसिल गर्न नसकेका बालबालिका लाई अध्ययन गराउनको लागि आफूले सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाएकी छिन् । प्रतिक्षा फिस्टेल नर्सिङ कलेजमा अन्तिम वर्षमा अध्ययनरत छिन् । मिस सुनार प्रतियोगिता गर्दा बचत भएको करिब ८५हजार रुपैयाँ पनि बढि गरिव तथा दलित समुदायले अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामग्री प्रदान गरिने प्रालिका अध्यक्ष सन्जु सुनारले बताए ।

Post a Comment

 
Top