0

गोल्डेन न्यूज संवाददाता
पोखरा ३१ वैशाख ।
पोखरामा बृहत् शिक्षक तालिम बुधबारबाट प्रारम्भ गरेको छ । विभिन्न पाँच स्थानमा तीन तहको तालिम सञ्चालन गर्ने योजना अनुसार बुधबार प्रावि तहको तालिम सुरु भयो। तालिममा पाँच सय बढी शिक्षक शिक्षिको सहभागिता रहेको छ ।
प्याब्सन कास्कीको सभाहल कुँडहरमा भएको तालिमको उद्घाटन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले गरेका थिए भने सामाजिक शिक्षा तालिम संयोजक राजीव उपाध्ययाले कार्यक्रम सञ्चालन गरेका थिए ।
ग्लोबल कलिजियट उमाविमा भएको तालिमको उद्घाटन प्याब्सन कास्कीका सल्लाहकार बाबुराम पन्तले गरेका थिए भने प्याब्सन कोषाध्यक्ष मथुराप्रसाद पौडेलले स्वागत मन्तव्य र शालिकराम अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
टप्स उमाविमा भएको तालिमको उद्घाटन प्याब्सन कास्कीका सल्लाहकार रत्नमान गुरुङले गरेका थिए भने अङ्ग्रेजी शिक्षा तालिम संयोजक महेन्द्र गुरुङले स्वागत तथा प्याब्सनका सहसचिव प्रेम शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्टेप बाई स्टेप उमाविमा भएको तालिमको उद्घाटन प्याब्सन कास्कीका सल्लाहकार डोलराज पाण्डेले गरेका थिए भने प्याब्नसका उपाध्यक्ष निर्मला बरालले स्वागत तथा नेपाली विषयका तालिम संयोजक माधवशरण उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए । कुमुदिनी होम्समा भएको तालिमको उद्घाटन प्याब्सन कास्कीका सल्लाहकार शेरबहादुर गुरुङले गरेका थिए भने विद्यालयका व्यवस्थापक अशोक पालिखेले शुभकामना मन्तव्य, प्याब्सनका सहसचिव राजु अधिकारीले स्वागत तथा गणित विषयका संयोजक माधव बरालले सञ्चालन गरेका थिए । जेठ ३ गते निमावि र जेठ १० गते मावि तहका शिक्षक शिक्षिकाको लागि तालिम सञ्चालन हुनेछ । प्याब्सन कास्कीसँग आवद्ध ९९ विद्यालयका करिब तीन हजार शिक्षक शिक्षिका यस तालिमबाट लाभान्वित हुने तथा उनीहरूलाई स्थानीय तथा जिल्लाबाहिरका गरी करिब ६५ जना प्रशिक्षकले तालिम दिने प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top