0

  •  
  • गोल्डेन न्यूज संवाददाता
पोखरा ७ जेठ ।
चितवन घर भएकी १४ वर्षीय एक बालिकालाई काममा लगाइ दिन्छु भनि फकाएर पोखरा ल्याई जवर्जस्ती करणी गर्ने र उनलाई विवाह गरिदिन्छुृ भन्दै भक्तपुर सम्म पु¥याएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । घटना विवरण अनुसार चितवनकी ति बालिकालाई स्थानीय सम्झना दरैले पोखरास्थित किराना पसलमा काम लगाइदिन्छु भन्दै गत चैत्र ९ गते पोखरा ल्याएकी थिइन । त्यसपछि उनले कास्की सराङकोट घर बताउने मदन खड्कालाई जिम्मा दिएपछि उनले पृथ्वीचोकस्थित एक होलमा राखेर जवर्जस्ती करणी गरेको तर बालिकाले रुन कराउन लागेपछि मैले तिमीसंग विवाह गर्छु भनि फकाएर पोखरा–१८ स्थित ललिता नेपालीको कोठामा लगेर एकमहिना राखेका थिए । नेपालीको कोठामा रहँदा समेत ती बालिकालाई निज खड्काले दिउँसोको समयमा गई यौन सम्पर्क गर्दै आएको बताइन्छ । एकमहिना सम्मपनि कुनै काम नलगाएपछि र शारीरिक पीडा बढ्दै गएपछि ती बालिकाले आफूलाई घर लगिदिन आग्रह गरेकी थिइन । त्यसपछि गत वैशाख ८ गते उनलाई ललिताले चितवनस्थित घर पु¥याइदिने भनि पोखराबाट लगेकोमा भक्तपुरको दधिकोटस्थित रविन श्रेष्ठको घरमा लगेको र त्यहाँ पनि घरधनी श्रेष्ठले आफ्नी श्रीमती जस्तै मान्ने भन्दै जवर्जस्ती करणी गरेको बताइन्छ ।
सेन्टर फर लिगल रिसर्च एण्ड रिसोर्स डेभलपमेन्ट (सेलर्ड) का कानून अधिकृत कृष्णकुमारी गुरुङले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार वैशाख ८ गते ति बालिकालाई भक्तपुर पु¥याएकी ललिता वैशाख ११ गते त्यहाँबाट फर्किएकी थिइन । त्यसबीचमा रविन श्रेष्ठले ति बालिकालाई करणी गरेपछि उनले लुकेर प्रहरीलाई खबर गरेको र वैशाख १३ गते भक्तपुर प्रहरीले उनलाई उद्धार गरेको थियो । अहिलेपछि काठमाडौंको एक अस्पतालमा उपचार गराइरहेकी ति बालिका मानसिक र शारीरिक रुपमा कमजोर रहेको उनको उपचारमा सहयोग गर्दै आएको संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थपलियाले जानकारी दिइन । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा गत वैशाख १३ गते नै रविन श्रेष्ठलाई र वैशाख १७ गते मदन खड्कालाई पक्राउ गरेको थियो भने पोखराकी ललिता नेपाली र चितवनकी सम्झना दरैलाई वैशाख १९ गते पक्राउ गरी कास्की प्रहरीको नियन्त्रणमा राखिएको छ ।
हाल बालिकाकी फूपू कमला चन्द (नाम परिवर्तन) ले ती बालिकाको तर्फबाट प्रहरीमा जाहेरी दिएकीले प्रहरीले अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ । अधिवक्ता एवं सेलर्डकी कानून अधिकृत कृष्णकुमारी गुरुङका अनुसार मानव वेचविखन गरेको अभियोगमा मुद्धा चल्ने भएकोले प्रहरीले करिब ३ महिनासम्म राखेर छानविन प्रक्रिया अघि बढाउन सक्छ ।

Post a Comment

 
Top