गोल्डेन न्यूज संवाददाता
पोखरा १५ जेठ । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था सिद्धार्थचोकले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीसंग मिलेर बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । सहकारी संस्थाले ११औं वर्ष पूरा गरी १२ वर्ष प्रवेश गरेको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा करिब ६ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार स्त्रीरोग, फिजिसिएन, नाक, कान, सुगर र ब्लड प्रेसर लगायतका बिरामीहरुले लाभ लिएका थिए । सहकारी संस्थाकी अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कास्कीका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै अधिकारीले महिलाहरुद्वारा संचालित सहकारीले गरेको रचनात्मक कामको प्रशंसा गरेका थिए । समापन समारोहका जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष प्रभा कोइराला प्रमुख अतिथिको रुपमा सहभागी भएकी थिइन । संस्थाकी उपाध्यक्ष पार्वती माकाजूले संचालन गरेको उक्त कार्यक्रमको संयोजन गोमादेवी कोइराला सुवेदीले गरेकी थिइन । त्यस अवसरमा बोल्र्दै माकाजू र कोइरालाले घरको चुलो चौकामा सीमित महिलाहरुलाई समाजको मूल प्रवाहमा ल्याउन र अर्थपूर्ण रुपमा सहभागी गराइ सामाजिक रुपान्तरणको अगाुवाई गर्नु अहिले आवश्यकता भएको बताएका थिए । समापन समारोहमा डा. चण्डिका पण्डित लगायतले आ–आफ्नो भनाई राखेका थिए । शिविरमा डा. पण्डित सहित डा.सन्तोष श्रेष्ठ, डा.रुविना ताम्राकार, डा.कृष्णबहादुर थापा, डा. मुकेश मल्लिक, डा. किशन बहादुर खत्री र डा.सुजित सेन लगायत अन्य स्वास्थ्यकर्मीले सेवा दिएका थिए । उनीहरुलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।
Post a Comment