0

गोल्डेन न्यूज संवाददाता
पोखरा १६ जेठ ।
कास्की, कालिका गाउँ विकास समितिको आयोजनामा रेडियो जननीको संयोजनमा कालिकास्थान झाझरमारे स्रोतकेन्द्रमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ंकालीका गाउँ विकास समितीका सचिव शोभाखर ढकाल, संयन्त्र समितिका सदस्यहरु र गाउँबासीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । सुनुवार्इृमा गाविसमा आएका बजेट  तथा कार्यक्रम र सेवा सुविधाको विषयमा गाँउवासीले उठाएका प्रश्न, गुनासो र सुझावबारे गाविस सचिव र संयन्त्रका सदस्यले प्रष्ट पारेका थिए । कार्यक्रममा सहभागीले गाविसको बजेट विनियोजन पारदर्शी नभएको, महिला बालबालिका र अन्य लक्षित वर्गका नाममा आएको बजेट अन्यका काममा खर्च भएको, सामाजिक सुरक्षा भत्ताको वितरण सहिरुपमा नभएको राजनीतिक पार्टीले पहँुचको आधारमा बजेट रकमान्तर गरेको, संयन्त्रकोे बैठक नियमित नभएको, कालिका गाविसलाई नगरपालिका बनाउने विषयमा पहलनभएको आदि बारेमा प्रश्न गर्दै सुझाव दिएका थिए । गाविस सचिव सहित संयन्त्रका सदस्यहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर समापन भएको उक्त कार्यक्रममा गाविस सचिव शोभाखर ढकालले गाविसका हाल सम्मका र आगामी दिनमाहुने कार्यक्रम र सेवाबारे आफ्ना गुनासा र प्रश्न स्पष्ट रुपमा राखिएकोमा गाउँवासीलाई धन्यवाद दिए । कार्यक्रमा नेपाली कंग्रेसका गाउँ कमिटी अध्यक्ष राजेन्द्रप्रसाद त्रिपाठीले पारदर्शी बजेटका अभावले शुरु भएका योजना रोकिएको गुनासो गरे । नेकपा एमालेका निर्मल दियाली सुनारले गाविसमा आयोजित यस्ता कार्यक्रम गाविसका बजेट वा सेवाबारे जानकारी पाउन उपयुक्त भएको बताए ।
एकीकृत नेकपा माओवादीका एकबहादुर कार्कीले गाउँको विकासलाई अगाडि बढाउनु सबैको दायित्व भएको बताए । कार्यक्रममा संयोजकको तर्फबाट रेडियो जननीका अध्यक्ष हीरा भट्टराईले गाउँवासी र सरोकारवाला व्यक्तिहरु बीचको सौहार्दपूर्ण छलफलले भएको बताइन । कार्यक्रममा गाविस कोषका अध्यक्ष राधादेवी भुजेल, कालिका युवा क्लबका प्रतिनिधि श्रीकृष्ण तिमिल्सिना लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गाविस सचिव शोभाखर ढकालले गरेका थिए भने  कार्यक्रममा सहजीकरण रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले गरेकी थिइन ।

Post a Comment

 
Top