गोल्डेन न्यूज सम्वादादता
पोखरा, स्थानिय निकाय कर्मचारी संघ नेपाल,जिल्ला समिति कास्कीको आयोजना,पोखरा उपमहानगरपालिका इकाइ समितिको सह–आयोजना तथा स्थानिय निकाय कर्मचारी संघ नेपालको संयोजनमा पोखरामा हुन लागेको स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको खुल्ला महिला तथा पुरुष व्याडमिण्टन प्रतियोगिता राष्ट्रिय व्याडमिण्टन प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।यहि जेष्ठ १५ देखि १७ गते सम्म पोखरा रंगशालाभित्रको इन्डोर व्याडमिण्टन हलमा हुने प्रतियोगितामा विभिन्न ७० टिमले भाग लिने स्थानिय कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।
झण्डै ३ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा डवल्सतर्फको उपाधी विजेताले नगद २० हजार तथा उपविजेताले नगद १५ हजार एवं एकलतर्फको उपाधी विजेताले नगद १५ हजार तथा उपविजेताले नगद १० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजन एवं स्थानिय कर्मचारी संघ कास्की अध्यक्ष छविलाल शर्माले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने सह–संयोजक ई.महेन्द्रबहादुर गोदारले बताए ।
Post a Comment