गंगाधर पराजुली
- अमेरिकामा बस्ने नेपालीहरूको संस्था एनआरएनको अधिवेशन नजिकिंदै गएको बेला त्यस संस्थाको नेतृत्व लिनका लागि त्यहाँ रहेका नेपालीहरूले सक्रियता देखाउन थालेका छन् । अमेरिकामा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आएका नेपालीहरूको साझा संस्थाको रुपमा स्थापित एनआएन युएसएको आगामी जुन ४ का दिन हुन लागेको निर्वाचनमा एनआरएनको नेतृत्व लिन अर्थात अध्यक्ष बन्नका लागि बिष्णुहरि देउराली, खगेन्द्र जिसी र शिवकुमार राईले उम्मेलवारी प्रस्तुत गरेका छन् भने कार्यसमितिका विभिन्न पदमा २३ जनाले इच्छा जाहेर गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा पत्रकारिता पेशामा समेत संलग्न रहँदै आएका सानुवावु सिलवाल र उपाध्यक्षमा पोखराका झण्डै डेढ दशक अघि अमेरिका पुगेका श्री पराजुली लगायतले आ–आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको अध्यागमन र आप्रवासन सम्बन्धी एजेण्डामा भनिएको छ–‘नेपाल सरकार वा अन्य कुनै निकायमा सन् २०१० को अमेरिक िजनगणनाले हामी प्रवासी नेपालीहरुको आवादीका बारेमा स्पष्ट कुनै आधिकारिक जनगणना सार्वजनिक गर्न नसकेको यो वर्तमान अवस्थामा सम्पूर्ण संयुक्त राज्य अमेरिका भरि हामी कहा र कति छौ भन्ने अन्यौल नै हाम्रो प्रमुख चुनौती हो त्यो विहंगम चुनौतीलाई सामना र समाधान गर्न पनि मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।’
उनले भनेका छन्–‘यो समस्याको मूल कारण पनि अमेरिकामा विद्यमान रहेको अलोकप्रिय अध्यागमन कानून नै हो, लामो समयदेखि बसोबास गरिरहेका नेपाली मूलका प्रवासी नेपालीहरुले कागजी कानूनी मान्यता नपाएका कारणले हजारांै नेपालीहरु अमेरिकी मूलधारको समाजमा आउन नसकेर छायामा बस्न बाध्य भएका छन्, अमेरिकी माथिल्लो सदन सिनेटमा गत जुन महिनामा पारित भएको बृहद् आप्रवासी सुधार विधेयक अहिले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा थलिएर बसेको छ । मेरो कार्यकालको पहिलो सत्रमा म नेपाली प्रतिनिधिमूलक संघ– संस्थाहरु र अन्य समुदायका क्रियाशील अधिकारकर्मी संस्थाहरु संग समन्वय गरि स्थानीयदेखि संघीय प्रतिनिधिहरुलाई व्यापक जन दवाव सृजना गर्ने कामको पहलकदमी गर्नेछु ।’
“पुल फ्याक्टर” का कारण नेपाली बेरोजगार युवाहरु विदेश जानेक्रम तीव्र छ जसलाई रोक्न प्रायः असम्भव छ तर व्यवस्थि गर्न भने जरुरी र सम्भव छ, यस विषयमा प्रस्तावित आप्रवासी विधेयकमा अदक्ष जनशक्तिलाई पनि नियम, प्रक्रिया र कानूनसम्मत तवरले सम्बोधन गर्ने प्रावधान रहेको छ, त्यसो भयो भने लाखौं खर्च गरेर आफ्नो ज्यानलाई जोखिममा पारेर समुद्री मार्गबाट अमेरिका आउने डरलाग्दो तरिका र बाटोलाई रोक्न सकिन्छ । मौजुदा कानूनमा भएको (कृषि) र व्यापार) प्रावधान अन्तर्गत सुविधा पाउने राष्ट्रको सूचिबाट अमेरिकी सरकारले केहि वर्ष अघिदेखि नेपाललाई हटाएको छ । उक्त प्रावधानलाई फिर्ता ल्याउन र हाम्रो पौरख र शिपलाई कानूनी मार्ग र प्रकिृयाबाट अमेरिकी भूमिमा भित्र्याउन सरोकारवाला कुटनैतिक नियोगहरुको परामर्श र सहकार्यमा अमेरिकी सरकारको सम्बन्धित निकायसंग प्रक्रियागत वार्ता गर्न आवश्यक रहेको कुरामा जोड दिंदै पराजुलीले त्यसका लागि आफूले सम्भव भएसम्मको पहल गर्ने स्पष्ट पारेका छन् ।
यसका साथै उनले वाणिज्य डेस्कको स्थापनामा समेत जोड दिएका छन् । संयुक्त राज्य अमेरिका विश्व मानचित्रका हरेक मुलुकहरुको प्रमुख बजार हो । हामी वर्तमानमा यो सम्भावनायुक्त भूगोलमा छांै तर नेपाल सरकारको दुरगामी कार्यनीतिकै तथा कुटनीतिक दृष्टिकोणको अभावका कारण हामी त्यो सम्भावनाबाट विमुख भएका छौं । यस अर्थमा हाम्रो कुटनीतिक पहल शिथिल र कमजोर देखिएको छ । अमेरिकाले नेपाललाई दिंदै आएको तयारी पोशाक कोटाको सुविधा सन् २००५ मा पूर्णरुपमा अन्त्य भएपछि निर्यात व्यापारमा ठूलो मात्रामा ह्रास आएको छ भने सन् २००९ मा अमेरिकाले विश्वका चौधवटा कम विकसित राष्ट्रहरुलाई तयारी पोशाकको निर्यात भन्सारमा भारी छुट दिने कानून पास गरेपनि हाम्रो मातृभूमि नेपालले त्यसबाट फाईदा लिन नसकेको अवस्था बारेमा अधिकांश नेपाली जानकार छन् । पराजुलीले जनाए अनुसार नेपाल र नेपालीहरुको बृहत्तर हित र आर्थिक समृद्घिका लागि नेपालबाट अमेरिकामा आयात गर्न योग्य वस्तुहरुको पहिचान गर्नुका साथै कम्तिमा पनि ग्रिष्मकालीन तयारी पोशाकहरुको निर्यात गर्ने प्रावधानलाई उच्च बिन्दुमा पु¥याउन आवश्यक छ । यसका लागि अतिरिक्त भन्सार सुविधा प्राप्त गराउने उद्देश्यले अमेरिका स्थित नेपाल सरकारको कुटनीतिक नियोग, वाणिज्यदूतहरु र अमेरिकी सरकारको सम्बन्धित निकायबीच सेतुकोरुपमा काम गर्न एनआरएन एनसीसी अमेरिकामा छुट्टै वाणिज्य डेस्क स्थापना गरि एकजना संयोजकको समेत व्यवस्था गर्न प्रयास गर्ने स्पष्ट पारेका छन् ।
पराजुलीले एनआरएनको च्याप्टर विभिन्न क्षेत्रमा गठन गर्नुपर्ने र त्यसमा विज्ञहरुको सहयोग लिएर कार्यविधि एवं नियमावली तयार गरी सदस्यता वितरण अभियान र च्याप्टर गठनलाई हरेक राज्य तहमा पु¥याउनुपर्ने खाँचो औंल्याएका छन् । उनले नेपालमा संविधानसभाको दोस्रो निर्वाचन पछि बन्न लागेको संविधानमा प्रवासी नेपालीहरूको नागरिकताको विषयमा स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिंदै नेपालको राष्ट्रिय अस्मिता र गौरवलाई सदैव उच्च स्थानमा राख्नबाटोे प्रतिवद्धता दोहो¥याएका छन् । संविधानमा नेपालमा जन्मिएर विदेशी नागरिकता लिएर आप्रवासी नेपालीहरूबाट जन्मिएका सन्ततिहरूको विषयमा पनि के कस्ता सुविधा अधिकार र दायित्व दिने भन्ने विषय स्पष्ट पारिनुपर्ने र नेपाल सरकारले गैह्र आवासीय नेपाली नागरिक बोर्डको स्थापना गरी प्रवासी नेपालीहरूको अधिकार र उत्तरदायित्वलाई समेत सम्बोधन गरिनुपर्नेमा समेत जोड दिएका छन् । अमेरिकामा नेपालका सक्षम र प्रभावशाली पत्रकार, साहित्यकार र खेलाडीहरू उल्लेख्य रहेका छन् । तर सामुदायिक पत्रकारितामा सीमित रहेको नेपाली पत्रकारको समूहलाई व्यवसायिकतातर्फ उन्मुख गराउन र अंग्रेजी भाषामा स्तरीय पत्रिका प्रकाशन गर्ने त्यसमार्फत नेपालको पर्यटन, जलविद्युत, हस्तकला र कृषि लगायतका क्षेत्रको अवसर र चुनौतीका बारेमा सूचना प्रवाह गरी नेपालमा विदेशी लगानी भित्र्याउन प्रयास गर्नुपर्ने कुरामा समेत पराजुलीले जोड दिएका छन् । उनले नेपालीहरूको संख्या अमेरिकामा बढिरहेका कारण विभिन्न राज्यहरूमा कन्सुलर सेवा विस्तार हुनुपर्ने र अमेरिकी राजनीतिक परिदृष्यमा नेपाली मूलका मानिसहरूलाई जतिसक्दो सहभागी गराउनु पनि आफ्नो तर्फबाट पहल हुने बताएका छन् ।
अमेरिकामा बसोबास गर्दे आएका केही नेपालीहरुले हालसम्म पनि अध्यागमन सम्बन्धी कानूनी कागजातको अभावमा भोग्नु परेको समस्या ज्यादै विकराल छ । नेपालीहरुको कानूनी कागज, अमेरीकी सिनेटमा रहेको अध्यागमन विधेयक पारित भएको खण्डमा नेपालीहरुलाई समेत राहत मिल्ने भएकाले सिनेटमा रहेको उक्त विधेयक पारित गराउन दवाव दिनका लागि नेपाली तथा विदेशी अधिकारकर्मी संघ संस्थाहरुसंग सहकार्य गर्ने र आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई अनुरोध एवं दवावको वातावरण सृजन गर्न उपयुक्त प्रयासको खाँचो रहेको पराजुलीले औंल्याएका छन् ।
रोजगारीको अवसरका लागि नेपाली युवाहरु विदेशिनेक्रम बढिरहेका बेला ज्यान समेत जोखिममा राखेर अमेरिका पुग्नेहरूका लागि कुटनीतिक नियोगहरूको सहकार्यमा कृषि र व्यापार सम्बन्धी भिषा उपलव्ध गराउन पर्ने वर्तमान आवश्यकता पूरा गर्न कुटनीतिक नियोगसंगको सहकार्यमा सक्रिय रहनुपर्ने अहिलेको आवश्यकता हो । पराजुलीले आफूले अघि सारेका कार्ययोजना सीमित समयमा पूरा हुन नसक्ने र केही महत्वाकांक्षी देखिएपनि सकारात्मक सोच, इच्छाशक्ति र तत्परताका कारक उल्लेखित कुरा असम्भव भने नरहेको स्पष्ट पारेका छन् । उपाध्यक्षको उम्मेदवारी प्रस्तुत गरेका पराजुलीले आफ्ना कार्ययोजना अनुसारको लक्ष्य प्राप्त गर्न भने पदमा रहेर वा नरहेर पनि सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गरिरहेका कारण पनि उनले एनआरएन युएसएको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने र समग्र पोखराको साथै नेपालकै गरिमा र प्रतिष्ठालाई अझै उचाइमा पु¥याउन सकून सतत् शुभकामना ।
Post a Comment