0


  1. पोखरा १५ जेठ । नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने आठौं राष्ट्रिय महाधिवेशनका लागि तयारीलाई तीव्रता दिन लागिएको छ । महाधिवेशन सम्पन्न गर्न गठित मूल व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले मूल समितिलाई विस्तार गर्नुका साथै विभिन्न उपसमितिलाइै पूर्णता दिने र सचिवालय स्थापना गर्ने निर्णय गरेको छ । मूल व्यवस्थापन समितिका संयोजक एवं युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन समितिमा छिमेकी जिल्लाहरुमध्ये तनहुँबाट डम्बर अधिकारी, प्रदीप काफ्ले, गोरा मिया, स्याङ्जाबाट श्रीकृष्ण सिग्देल, प्रकाश डोटेल, ओमप्रकाश शर्मा, प्रदीप कोइराला र जानु पंगेनी, लमजुङबाट कृष्णभगवान श्रेष्ठ, परमेश्वर अधिकारी र मिलन शर्मा दनाई, पर्वतबाट छवि तिवारी र ओम घायल, बाग्लुङबाट नरेश कंडेल, दिलिप पौडेल र ज्ञानेन्द्र गौतमका साथै गोरखाबाट रामशरण आचार्य, कैलाशबाबु श्रेष्ठ र किशोरजंग थापा तथा म्याग्दीबाट गोपाल छन्त्याल र अगन्धर तिवारीलाई मूल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरिएको छ । यसैगरी पोखरामा कार्यरत पत्रकारहरु डा.बलराम उपाध्याय रेग्मी, ईश्वरी न्यौपाने, भरत कोइराला, परशुराम शर्मा, केपी शर्मा, शिरोज कोइराला, वासुदेव मिश्र, तारानाथ पाखे, हरि भट्टराई, कमल पराजुली, प्रदिप पौडेल, सन्जु सुनार, रामप्रसाद भुर्तेल र लोकेन्द्र ढकालसहित प्रेस युनियन कास्कीका सदस्यहरु पनि मूल समितिको सदस्य रहेका छन् । यसका साथै विभिन्न उपसमितिहरुलाई पूर्णता दिनेक्रममा केही उपसमिति पूर्ण भैसकेको र बाँकीलाई आगामी शनिबारसम्म पूर्णता दिन निर्देशन दिने निर्णय बैठकले गरेको प्रचार समिति संयोजक नविन सिग्देलले जानकारी दिए । बैठकले महाधिवेशन स्थल पोखरा सभागृह नजिक सचिवालय स्थापना गर्न र युनियनको केन्द्रीय समिति लगायत नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसंग समन्वय गर्न आइतबार नै काठमाडौं जाने निर्णय गरेको व्यवस्थापन समितिका सदस्य सचिव एवं युनियन कास्की अध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

Post a Comment

 
Top