0



पोखरा, चैत २२ गते ।
फुल कन्टयाक्ट कराँते महासंघको आयोजनामा काठमाडौमा शनिबार  सम्पन्न प्रथम स्वर्गीय लक्ष्मण श्रेष्ठ राष्ट्रिय फुल कन्टयाक्ट कराँले   प्रतियोगितामा यूकोसिन बुदोकाई कराँते कास्की च्याम्पियन बनेको छ ।

प्रतियोगितामा तिन गोल्ड मेडमा भएको प्रतिस्पर्धामा एक स्वर्ण र २ रजत र २ कास्य पदक जित्दै प्रथम भएको प्रशिक्षक दिपक गोदारले जानकारी दिए । ५५ मुनि तौल समुहमा गणेश तिमिल्सिनाले स्वण जित्दा खुल्ला महिला तर्फ सुष्मी श्रेष्ठले दोस्रो हुदै रजत  पदक जितिन  । त्यस्तै पुरुष खुल्ला नरेश चौधरी दोस्रो हुदै रजत पदक जित्दा मिलन लामा तेश्रो हुदै कास्य पदक जिते । प्रतियोगितामा बेष्ट फाइटरको पुरस्कार सलिम बक्स मियाँले प्राप्त गरे ।

प्रतियोगितामा क्योकुसिन कराँते, क्योकुसिन बुदोकाई कराते, स्टोङगेष्ट कराँते र क्योकुसिन युनियन र बुदोकाईदो कराँतेका खेलाडिहरु सहभागी भएको कास्कीबाट सहभागी प्रशिक्षक दिपक गोदारले जानकारी दिनु भयो ।


कास्कीबाट प्रतियोगितामा प्रशिक्षक दिपक गोदारको नेतृत्वमा खेलाडिहरुमा ५५ केजी तौल समुहमा चैत्रमान थापा मगर, पूर्ण थापा मगर, गणेश प्रसाद अधिकारी, यूकेश गुरुङ र सलिम बक्स मियाँ ,खुल्ला तौल समुह तर्फ नारायण आर्चाय, हाईन्द्र मगर, सगुन तामाङ्ग र महिला खुल्ला तर्फ दिपा बर्देवा, सुष्मी श्रेष्ठ, सुष्मा थापा मगर, सुनिता गुरुङ, सम्झना गौतम र सुजना विक सहभागी थिए । 


Post a Comment

 
Top