गोल्डेन न्यूज संवाददाता
पोखरा १३ बैशाख
नेपाल तरुणदल कास्कीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । प्रशिक्षणमा कास्की जिल्ला स्थित विभिन्न गाउ तथा नगर कार्यसमितिका तरुणदलका करिब ३ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रसेका केन्दीय सदस्य एवंम तरुणदलका पुर्व केन्द्रिय अध्यक्ष बालकृष्ण खाँणले तरुणहरुले आफ्नो प्रतिभा उजागर गर्दै राजनीतिक र सामाजिक स्वतन्त्रताको लागि अगुवाई गनुपर्ने बताए । काग्रेस नेता खाँणले तरुणहरुको त्यागका कारण मुलुकमा लोकतन्त्र बचेको कुराको चर्चा गरे । वर्तमान अवस्थामा नेपाली काग्रेस कमजोर भएमा लोकतान्त्रिक संविधान बन्न नसक्ने भएकोले काग्रेसलाई सृदृढ पार्न पनि तरुणहरु सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।सहभागीहरुलाई वरिष्ठ प्रशिक्षक महेश दाहाल र दलका पुर्व महासचिव पुष्पराज पराजुली लगायतले प्रशिक्षण दिएका थिए ।
नेपाल तरुण दल कास्कीका अध्यक्ष क्रृषि काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संविधानसभाका सदस्य द्धय यज्ञ बहादुर थापा र शारदा पौडेल, काग्रेस नेता सोभीयतबहादुर अधिकारी, नेपाली काग्रेस महासमिति सदस्य नरेश शंकर पालिखे, कास्की काग्रेसका सचिव द्धय कृष्ण के.सी. र युवराज कुँवर, काग्रेस जिल्ल कोषाध्यक्ष दिवसमान प्रधानाङ्ग, तरुणदलका केन्द्रिय सदस्य मुक्तीराम अधिकारी, लम्जुङ तरुणदलका अध्यक्ष रमेश पाण्डे, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल, नेपाल दलित संघका केन्द्रिय सदस्य परशुराम वि.पोखरेल, तरुणदलका जिल्ला सचिव पदम बस्ताकोटी र शंकर ढुङ्गान, जिल्ला सदस्य मनोज गुरुङ्ग लगायतले आ–आफ्नो भनाई राखेका थिए ।नेपाल तरुण दलले आफ्ना गतिविधिलाई तरुणहरु माझ पु¥याउन नसकिरहेको अवस्थामा पोखरामा आयोजित प्रशिक्षणले भने यूवाहरुलाई वैचारिक उर्जा प्रदान गरेको महशुस गरिएको छ । प्रशिक्षणमा यूवा र तरुणहरुका साथै नेपाली काँग्रेसका विभिन्न तहमा रहेका तथा विभिन्न भातृ संस्थाका प्रतिनिधि समेत सहभागि थिए ।
Post a Comment