0
पोखरा, २३ चैत।स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा क्याम्पस प्रा·णमा जारी पाँचौं अन्तरसंकाय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार महिला भलिबलका क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।  जसअनुसार पहिलो क्वाटरफाइनलमा जुनु पुन शिक्षा समूहले कमला श्रेष्ठ शिक्षालाई, दोस्रो क्वाटरमा प्रतिमा पाइजा व्यवस्थापनले सञ्जु लामिछाने विज्ञान समूहलाई, तेस्रो क्वाटरमा निशा तरामी शिक्षाले सृष्टि तामाङ मानविकी समूहलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। खिमा थापा शिक्षा र मनमाया शिक्षा समूहबीचको अन्तिम क्वाटरफाइनल खेल सोमबार हुने स्ववियु सदस्य सतिा पुरीले जानकारी दिइन्।  हाजिरीजवाफ प्रतियोगिताअन्तर्गत आइतबार पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन्।सोमबार महिला भलिबलका सेमिफाइनल तथा फाइनल र भलिबलका खेल हुनेछन्।महिला भलिबलमा सात टीमको सहभागिता रहेको छ।  चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत फुटबलतर्फ १२, भलिबल पुरुषतर्फ नौ टीमको सहभागिता रहेको छ। यस्तै हाजिरीजवाफ प्रतियोगितामा ७६ टीम, बुद्धिजाल प्रतियोगितामा १६७ जना तथा नृत्य प्रतियोगितामा २८ टीमको सहभागिता रहेको छ।

Post a Comment

 
Top