0






धादिङ–पोखरा सम्पर्क समिति नलाङ इकाइ समितिको दोस्रो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशले  मेघबहादुर न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचित न्यौपाने यसअघिको कार्यसमितिमा सचिव रहेका थिए भने धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्य समेत हुन् ।
समितिको उपाध्यक्षमा यसअघि कोषाध्यक्ष रहेका दीपक गिरी निर्वाचित भएका छन् । उनी धादिङ सहयोग संस्थाका समेत उपाध्यक्ष हुन् । समितिको सचिवमा शम्भु अधिकारी, सह–सचिवमा रामप्रसाद दुवाडी, कोषाध्यक्षमा टीकाराम अधिकारी निर्वाचित भएका छन् । सदस्यहरूमा गणेश गिरी, गुणराज पण्डित, धनबहादुर सिलवाल, राजेन्द्रप्रसाद लोहनी, केदार नेपाली, कृष्ण श्रेष्ठ, गणेश दुवाडी, सरस्वती श्रेष्ठ र अम्विका अर्याल रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै अन्तरसमाज महासंघ राष्ट्रिय समितिका संस्थापक अध्यक्ष रुद्र प्रसाद खनालले मानिस जस्तो चेतनशील प्राणी भएर सामाजिक कार्य अनिवार्य गर्नुपर्ने बताए । धादिङ पोखरा सम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहेका खनालले धादिङवासीको समस्या र अन्यायमा समिति टुलुटुलु हेरेर नबस्ने भन्दै गलत कामलाई कहिल्यै प्रोत्साहन नगर्ने बताए । धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाले धादिङ समिति एक भएर धादिङवासीको सेवामा लागिपर्ने प्रतिवद्धता जनाए ।  धादिङवासीहरू पोखरामा धेरै रहेपनि सामाजिक काममा अग्रसर हुन नसकेको भन्दै उनले सामाजिक काममा हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।
धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकले धादिङ समिति आफ्नो भातृ संगठन विस्तार गर्ने पहिलो समिति भएको स्पष्ट पार्दै विभिन्न गाविसस्तरीय समिति गठनमा तीव्रता दिन समितिलाई आग्रह गरे । कमिटी गठनलाई तीव्रता दिंदै समिति अघि बढेमात्र समयसापेक्ष रुपमा धादिङ समिति बलियो हुने तर्क गर्दै पाठकले पोखरामा रहेका धादिङवासी एक हुनु आजको अरिहार्य आवश्यकता हो भने । धादिङ पोखरा सम्पर्क समितिका सचिव गोकर्ण अधिकारीले धादिङ समिति धादिङवासीको साझा संस्था भएकाले कर्सैमाथि भेदभाव र पूर्वाग्रह नहुने स्पष्ट पारे ।
आगिन्चोक इकाइ समितिका अध्यक्ष हरि पन्तले सबै धादिङवासीहरू समितिमा आवद्ध हुन नसकिरहेको अवस्थामा कमिटी गठन हुनु सकारात्मक कदम भएको भन्दै यस कार्यलाई तीव्रता दिन आग्रह गरे । उनले भने–‘सबै गाविस एकाइ गठन भइ अघि बढे धादिङ समिति बलियो संस्था हुनुका साथै धादिङवासीहरूमाथि कसैले औंला ठड्याउन नसक्ने र धादिङवासीहरू समेत सामाजिक कार्यमा अग्रसर हुन सक्छन् ।’ खरी इकाइका अध्यक्ष शेर बहादुर अधिकारीले धादिङवासीको हक हितका लागि एक हुन आवश्यक भएको भन्दै कसैले कसैमाथि भेदभाव र पूर्वाग्रही भावना राख्न नहुनेमा जोड दिए । नलाङ इकाइका अध्यक्ष रामबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मेघबहादुर न्यौपाने कार्यक्रम संचालन एवं सचिवेको प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष दीपक गिरीले स्वागत मन्तव्य राख्नुका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top