काठमाडौँ, २३ चैत । साताको पहिलो दिन आज बजारमा छापावाल सुनको मूल्य रु पाँचसयले वृद्धि भई प्रतितोला रु ५४ हजार १०० कायम भई कारोबार भएको छ । गत शुक्रबार प्रतितोला रु ५३ हजार ६०० मा कारोबार भएको मूल्य आज वृद्धि भई कारोबार भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिले प्रभाव परेको जनाएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रु ५३ हजार ८५० कायम भई कारोबार भएको छ । सोको मूल्य गत शुक्रबार रु ५३ हजार ३५० मा कारोबार भएको थियो । त्यस्तै असली चाँदी प्रतितोला रु ५ ले वृद्धि भई प्रतितोला रु ८२० कायम भएको छ । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको माग तथा मूल्य दुवैमा वृद्धि भएकाले त्यसको प्रभाव नेपालमा परेको बताउनुभयो । उहाँका अनुसार शुक्रबार सुन प्रतिऔँस एक हजार २८७ रहेकामा आज १९ डलरले वृद्धि भई एक हजार ३०६ अमेरिकी डलर कायम भएको छ । रासस
सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि

Post a Comment