0

 मुगु, २३ चैत । सदरमुकाम गमगढीदेखि दुई घन्टा पैदल दूरीमा पर्ने रुगा गाविस–७ वाम गाउँमा घर लिप्ने कमेरो माटो निकाल्न खोज्दा माटोको ढिस्कोमा पुरिएर आज दुई जनाको मृत्यु भएको छ । चैते दसैँका लागि घर लिप्ने कमेरो माटो लिन गएका वडा नं ७ का २२ वर्षीय पृथ्वी बुढा र सोही वडाकै १३ वर्षीय बालक धनवीर बडुवालको माटो निकाल्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएको हो । ढिस्कोमा पुरिएर दुई युवतीसमेत घाइते भएका छन् । रासस

नेपालगन्ज, २३ चैत । यहाँस्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा रहेको तलाउमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।वडा प्रहरी कार्यालयका अनुसार आज बिहान तलाउमा नुहाउन गएका नाम नखुलेका रिक्सा चालकको शव भने अभैmसम्म भेटिएको छैन ।प्रहरी निरीक्षक रामबहादुर केसीले तलाउमा शवको खोजी कार्यका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । रासस

Post a Comment

 
Top