पोखरा, २३ चैत । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखराले आजदेखि पाठ्यपुस्तक वितरण गर्न सुरु गरेको छ । पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत जिल्लामा विक्रेताहरू नियुक्ति गरी विद्यालयस्तरका पाठ्यपुस्तक वितरण सुरु गरिएको हो । यस क्षेत्रका विद्यार्थीलाई चाहिने ७० प्रतिशत पुस्तकहरू गोदाममा सञ्चिति रहेको र नपुग पुस्तकहरू पनि छिट्टै आउने बताइएको छ । केन्द्रले विक्रेताहरूलाई नौदेखि ३१ प्रतिशतसम्मको कमिसनमा पुस्तकहरू बिक्री गरेको केन्द्रको क्षेत्रीय कार्यालयले जनाएको छ । –ः १४ ः– चार दशकसम्म केन्द्रद्वारा उत्पादित पाठ्यपुस्तकहरू साझा प्रकाशनले बिक्री गर्दै आएकामा यस वर्षदेखि केन्द्रले उत्पादित पाठ्यपुस्तकहरू आफैँ बिक्री गर्न थालेको हो । व्यवस्थापन र कर्मचारीहरूको विवादले साझा प्रकाशनका सबै कार्यालयहरू अहिले कामविहीन भएका छन् । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment