पोखरा, २२ चैत
पोखरामा आयोजित छैटौ मिस हङकङ ट्यालेण्ट कन्टेष्टको उपाधि पोखरा
लेकसाइडकी नीशा भट्टराईले जितेकी छिन् । सुरुवातदेखि नै दर्शकको नजरमा
परेकी पोखरा लेकसाइडकी नीशाले टाइटल उपाधिसहित वेष्ट हेयरको उपाधि पनि
आफ्नै पोल्टामा पारिन् ।
प्रतियोगितामा फष्ट रनर अप पोखरा रामबजारकी बन्दना गुरुङ र सेकेण्ड रनर अप
बगरकी प्रज्ञा गुरुङ घोषित भए । बन्दना र प्रज्ञाले क्रमशः मष्ट फोटोजेनिक र
मष्ट एक्टिभको पनि थप उपाधि पाए ।
पोखरास्थित हङकङ व्युटी इन्स्टिच्यूट एण्ड कलेजको आयोजनामा शनिबार पोखरा
उद्योग वाणिज्य संघमा ११ जना युवती स्टेज उत्रिएका थिए ।
उपाधि विजेता, फष्ट रनर अप र सेकण्ड रनर अपले नगदसहित थुप्रै गिफ्ट
ह्याम्पर पुरस्कार पाए ।
प्रतियोगितामा मष्ट ट्यालेण्टको उपाधि गीता नेपालीले पाइन् भने दर्शक
छनौटमा जीना गुरुङ परिन् ।
मष्ट डिस्सिप्लिनमा ज्ञानमाया राना, वेष्ट स्किन तथा डान्स मञ्जिला तामाङ, मष्ट
फ्रेण्ड्ली सीतु थापामगर, मष्ट इन्टिलिजेण्ट बिना गुरुङ, मष्ट पर्सनालिटीको
उपाधि चाँदनी सुवेदीले पाए ।
उनीहरुलाई प्रमुख अतिथि गोर्खा बराह एण्ड ज्वेलरी इण्डष्ट्रिज प्रालिका हरिकुमार
धमला, कलेजकी सञ्चालक मीना गुरुङ, सन् २०१३ कि मिस हङकङ सुजु पुन, निर्णायक
दिनेश अर्याल, शान्ति गुरुङ र सीता गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।
सांगीतिक कार्यक्रमका साथ भएको प्रतियोगितामा प्रतिष्पर्धीहरुलाई टप सेभन
हुँदै टप फाइभ गरी अन्तिम छनौट गरिएको हो । प्रतियोगिताको
कोरियाग्राफी रवीन्द्र बज्राचार्यले गरेका थिए ।
लामो समयदेखि पोखरामा व्युटीशियन कोर्ष गराउँदै आएको हङकङ व्युटी
इन्स्टिच्यूट एण्ड कलेजले सो अवसरमा स्टाफ अफ दी इयरद्वारा विद्यार्थीलाई सम्मान
गरेको थियो । सविता पन्त, प्रमिला गुरुङ, कविता गुरुङ, बेबिका गुरुङ, जूनु
केसी, तारा गुरुङ र प्रबृद्धि श्रेष्ठलाई मायाको चिनोसहित सम्मान गरिएको हो
। यसैगरी, स्टाफ अफ दी इयरद्वारा मनिका तामाङ र जुइका श्रेष्ठ सम्मानित भए ।
कलेज सञ्चालक मीना गुरुङले महिलाको अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि
प्रतियोगिता आयोजना गरिएको बताइन् ।
Post a Comment