0
चौतारा, २३ चैत । सिन्धुपाल्चोकको थाङ्पालधापमा आज दिउँसो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । गम्भीर घाइते एकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।       मृत्यु हुनेमा भोताङ–७ का १४ वर्षीय नालाङ डेर्पु लामा, १२ वर्षीया प्रेरणा लामा, १३ वर्षीया डोल्मा लामा, वडा नं ६ का ५० वर्षीय धाङसाङ लामा, ५५ वर्षीया श्रीमाई तामाङ छन् भने गम्भीर घाइते वडा नं ५ का चालक सोनाम लामाको उपचार गर्न लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।       काठमाडाँैबाट सिन्धुपाल्चोकको भोताङ गाविस जाँदै गरेका बा२च ७३८९ नम्बरको सो जिप थाङलाङधाप वडा नं १ स्थित लामिडाँडामा सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।       जिपमा सवार यात्रुमध्ये भोताङकै अभिनाश लामा हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।       कच्ची तथा साँघुरो बाटो भएको र उकालोको घुम्तीमा पुगेपछि जिप पछि हटेर खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । रासस

Post a Comment

 
Top